काठमाडौँ । चरम विवादित व्यक्ति दुर्गा प्रसाईंलाई अदालतले अनुसन्धान जारी राख्न भन्दै शुक्रबार हिरासतमुक्तको आदेश दिएको छ ।
प्रहरीलाई दिएको यो आदेशपछि उनी साँझ नै रिहा भइसकेका छन् । तर, प्रसाईंको यो रिहाई निकै अल्पकालीन हो ।
किनकी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले प्रसाईंसँग जोडिएका कयौं विवादित विषयको अनुसन्धानलाई तीव्रता दिइरहेको छ ।
‘अदालतले करुणा देखाएर रिहा गरेको मात्र हो, आवस्यक परे हामी जुनसुकै बेला पक्राउ गर्न सक्छौँ, सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन्,‘रिहा भएपछि उनको क्रियाकलाप र गतिविधि कुन प्रकारको हुन्छ, पक्राउ गर्न सक्ने त्यो पनि आधार रहन्छ ।’
अनुसन्धान प्रभावित पार्ने, सर्वसाधारणलाई उत्तेजित बनाउने र पुनः भीड जम्मा गरेर सामाजिक खलल पुर्याउने गतिविधि दोहोरिए जुनसुकै बेला पक्राउ गर्न सक्ने प्रहरीलाई अधिकार रहेको उनले बताए ।
प्रसाईं साइबर अपराध अनुसन्धानमा मंसिर ४ गते पक्राउ परेका थिए । उनलाई मंसिर २७ गते अदालतले रिहा गर्ने आदेश दिएको थियो ।
तर अनुसन्धानमा प्रसाईं इन्डियन कुख्यात अपराधीका नाईके लरेन्स विश्नोईसँगको सम्बन्धहरु देखिएपछि प्रहरीले पुनः पक्राउ गरेको थियो ।
‘प्रसाईंले नेपालमा धार्मिक दंगा नै गर्न चाहन्थे,सीआईबी स्रोतले भन्यो,उनका इन्डियन विभिन्न विवादित व्यक्तिहरुको सम्बन्धले त्यो शंकालाई बल पुर्याउँछ ।’
नेपालका व्यवसायीहरुलाई धम्क्याएर रकम उठाउने हरिचन्द्र फुँयाललाई प्रसाईंले प्रयोग गरेका प्रमाणहरु सीआईबीले फेला पारेको छ । प्रसाईंका श्रृखंलाबद्ध घटनाका समाचारहरु नेपाली संचारमाध्यमहरुमा निरन्तर आइरहेका छन् ।
दुर्गा प्रसाईंले टिम बनाएर व्यवसायीलाई धम्क्याएको प्रहरी अनुसन्धानको निष्कर्ष
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
गुन्डा नाइके विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्कीपूर्ण १४१ कल
विश्नोइको नाममा धम्क्याउने हरिचन्द्र फुयलले प्रसाईंलाई पठाउँथे भ्वाइस रेकर्ड
दुर्गा प्रसाईंको दोहोरो चरित्र : बाहिर व्यवसायीको आलोचना, भित्र असुली
विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको खुल्यो
प्रसाईंका आततायी गतिविधि, इन्डियन अतिवाद हिन्दुत्वसँगको कनेक्सन र इन्डियाका आपराधिक समुहसँगको निकटताका संभावित खबरहरु राष्ट्रिय समाचार डटकमले प्रकाशित गर्दै आएको छ ।
इन्डियन हिन्दु अतिवादसँगको सम्बन्ध
के दुर्गा प्रसाईंको इन्डियन कुख्यात अपराधी विश्नोई समुहसँग ‘कनेक्सन’ छ ?
प्रसाईं मेडिकल व्यवसायको नाममा हल्ला गर्ने अभियन्ता हुन् । उनले बैंकबाट ठुलो परिणाममा ऋण लिएका छन् ।
यही ऋण तिर्न नपरोस भनेर प्रसाईंले अन्य ऋणीहरुलाई उचालेर बेलाबेलामा प्रदर्शन गर्दै आएका छन् ।
झापाका स्थायी बासिन्दा प्रसाईं भक्तपुर लगायतका स्थानहरुमा घरजग्गा जोडेका छन् । यी सबै सम्पत्तिमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ ।
प्रसाईंले बैंकहरुका ऋण नतिरेपछि उनको अस्पताल (बी एण्ड सी) लिलाम गर्न उच्च अदालत विराटनगरले (पुस ३ गते) बाटो खुलाई दिएको छ ।
अदालतले अहिले रिहा गरेपनि प्रसाईंमाथि निगरानी झन तिव्रता दिने प्रहरीले जनाएको छ । ‘रिहा हुने बेलामा अब म बोल्दिन भन्थ्यो, तर निस्कने वित्तिकै फेरि उस्तै बोलेछ, एक प्रहरी अधिकृतले भने,‘उसको कृयाकलापमाथि अझै हामीलाई शंका बढाएको छ ।’
आँफै असुली धन्दामा लाग्ने, धार्मिक गतिविधि गर्ने,ऋण नतिर्ने अनि तस्करसँग लड्छु भन्ने, यो जस्तो विरोधाभास अभिव्यक्ति केही नहुने उनले बताए ।
प्रसाईंको यतिबेला संगठित अपराध, आपराधिक लाभ, सामाजिक सद्भाव खलल र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अपुष्ट विषय जथाभावी बोलेर साइबर अपराधमा प्रसाईं पक्राउ परेका थिए ।
यसअघि गत असोजमा पनि एक महिलालाई चरित्र हत्या हुनेगरि तथानाम सार्वजनिक मञ्चमा बोलेर पक्राउ परेका प्रसाईं क्यान्सर विरामीको कारण देखाएर छुटेका थिए । यसपटकको रिहाई पनि हुबहु उस्तै कारण देखाएर अदालतले मुक्त गर्न आदेश दिएको छ ।
तर, यसपालि भने प्रहरीले अनुसन्धानलाई अझ तिव्रताका साथ अघि लैजाने भएको छ ।
'प्रसाईं रिहाई भएपनि हाम्रो अनुसन्धानले झन गति लिनेछ, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले भने,‘धेरै प्रमाण फेला परेका छन्, प्रसाईं संगै हरिचन्द्र फुँयालका सबै प्रमाण सरकारी वकीलको कार्यालयमा पेश गर्दैछौं ।’ अदालतले जे जे अनुसन्धान गर्नुपर्ने हो सबै काम कारवाही गर्ने सीआईबीलाई आदेशात्मक अधिकार दिएको उनले बताए ।
'अहिले प्रसाईं हिरासतमा नभएको अवस्था मात्र हो, तर, प्रहरीको निगरानीमा तारेखमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएकोले यो रिहाईले फरक नपर्ला, थापाले भने,‘प्रमाणका आधारमा अदालतमा मुद्दा जान्छ ।’ यसमा कुनै ढिलाई हुँदैन, उनले भने ।
सर्वोच्च अदालतको हिरासतमुक्त गर्नु आदेश यस्तो छ–