यतिबेला विश्वले चासोपूर्वक हेरिरहेको छ, आसन्न डोनाल्ड ट्रम्पको कार्यकाल ।
ट्रम्पको दोस्रो कार्यकालमा युरोपप्रतिको अपेक्षित विदेश नीतिले दूरगामी र सम्भवतः गम्भीर नतिजा ल्याउनेछ ।
राष्ट्रपतिमा जुनसुकै उम्मेदवारले जिते पनि दशकौँ लामो युरोप र अमेरिकाबिचको घनिष्ट सम्बन्ध समाप्त हुन लागेको केही दिनअघि पत्रकार निकोलस भिन्कोरले संकेत गरेका थिए ।
युरोपेलीहरूले अमेरिकामा को राष्ट्रपति हुन्छ भन्ने बारेमा कम चिन्ता गर्नुपर्छ र ‘युरोपले कसरी खतरनाक विश्वव्यापी चरणमा कुनै पनि अवस्थाको एक्लै सामना गर्न सक्छ’ भन्नेबारेमा बढी चासो दिनुपर्छ ।
आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा ट्रम्पले शुल्कको वर्षा नै लगाए । जस्तालाई तस्तै नीतिअनुरूपमा विभिन्न राज्य, कम्पनी इयूलगायतका क्षेत्रसँग व्यापार युद्ध सुरु गरे ।
यदि ट्रम्पले निर्वाचन अभियानमा गरेका प्रतिबद्धतालाई विश्वास गर्ने हो भने त्यो प्रवृत्ति जारी रहनेछ । जर्मनीजस्ता प्रमुख राज्यहरू र मर्सिडिजबेन्जलगायतका प्रमुख कम्पनीमा विशेष ध्यान दिएर सबै आयातमा १० देखि २० प्रतिशत शुल्क लगाइनेछ ।
ट्रम्पको कथित प्राथमिकता भनेको अमेरिकी फाइदाका लागि आपूर्ति शृंखला पुनः व्यवस्थापन गर्नु हो वा हदैसम्मको शुल्क लगाउनु हो ।
ट्रम्पका सम्भावित यी कदम वास्तवमै जोखिमपूर्ण छन् । अमेरिका वास्तवमा युरोपेली युनियन (इयू)को सबैभन्दा ठुलो व्यापार साझेदार हो, जसअन्तर्गत सामान निरन्तर खरिद भइरहेको छ ।
अमेरिकी व्यापार युद्धका लागि इयू तयार
ट्रम्पको सर्वोच्चतालाई टाढै राख्नका लागि डिजाइन गरिएका व्यापार, प्रविधि, एआई र लगानीसम्बन्धी संयन्त्रमा युरोपेली आयोग क्रुद्ध बनेको छ ।
इयूको वित्तीय हितको रक्षा गर्ने सन्दर्भमा युरोपेली देशका तर्फबाट यसअघि नै उच्च प्रत्याशित व्यापार युद्ध यसअघि नै तय भइसकेको छ । यसबारेमा अमेरिकाले पनि हेक्का राख्नुपर्छ ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले युरोपमा शुल्कको वर्षा नै लगाए । विभिन्न राज्य, कम्पनी इयूलगायतका क्षेत्रसँग व्यापार युद्ध सुरु गरे । ट्रम्पले निर्वाचन अभियानमा गरेका प्रतिबद्धतालाई विश्वास गर्ने हो भने त्यो प्रवृत्ति जारी रहनेछ
जलवायु प्रविधि र कच्चा मालसहित ठूला प्रविधिमा इयूको समग्र आत्मनिर्भरता बढाउनमा युरोपेली आयोग केन्द्रित छ । यसले सम्भवतः अमेरिकासँग बहस र तर्क निम्त्याउनेछ । विशेषगरी स्टिलको बारेमा सुल्झनै नसक्ने बहस निम्त्याउनेछ, जसका कारण युरोपेली देशहरूसँग अमेरिकी दूरी बढ्नेछ ।
युरोपप्रति ट्रम्पको द्वन्द्व नयाँ होइन, र यो पूर्णतया व्यक्तिगत छैन । राष्ट्रपति बाराक ओबामा र जो बाइडेनको कार्यकालमा पनि वासिङटन स्पष्ट रूपमा र सम्भवतः स्थायी रूपमा युरोप र नेटो दुवैसँग दूरी बढाएर एसियातिर ढल्केको थियो ।
सेनाको स्तर कटौती गरेर होस् वा विदेश मन्त्रालयका अधिकारीहरूका बिचमा युरोपमा कूटनीतिक चासो घटाएर होस्, युरोपप्रति अमेरिकाको मनोवृत्ति उदासीन र शत्रुतापूर्ण छ ।
अमेरिका सन् १९९४ को शीतयुद्धपछिको सहयोगको तहबाट सन् २००० को दशकमा एसियातर्फ अग्रसर भएको छ ।
पक्षपात, अलगाववाद र ट्रम्पको दोस्रो जितले तीव्रता पाएको वासिङटन जारी ‘अमेरिकी अभिजात वर्गको मानसिकतामा युरोपको पतन’प्रति सन्तुष्ट छ । राष्ट्रपति ट्रम्पले यस प्रवृत्तिलाई अझै तीव्र पारिरहेका छन् ।
ट्रम्पसँग बाल्टिक देशको अपेक्षा
ट्रम्पले युरोपेली राज्यहरूलाई उच्च रक्षा खर्चका लागि दबाब दिने यसअघि नै बाल्टिक देशमाझ अपेक्षा गरिएको छ । यद्यपि, कतिपयको नजरमा ट्रम्पको माग आफैँमा नराम्रो कुरा होइन ।
इन्टरनेसनल सेन्टर फर डिफेन्स एन्ड सेक्युरिटीका निर्देशक इन्द्रेक कानिकको तर्क छः ‘यदि अमेरिकाले सुरक्षामा ३.५ देखि ४ प्रतिशत खर्च गर्छ र युरोपले १.५ देखि २ प्रतिशत मात्र खर्च गर्छ भने त्यो असन्तुलन हो । ’
‘युरोपले बिस्तारै आफ्नो रक्षाका लागि थप जिम्मेवारी लिनेछ’ भन्ने कन्निकको सुझावले ब्रसेल्समा बढ्दो वकालत गरेको विषयलाई प्रतिध्वनि गर्दछ ।
वास्तवमाः अब युरोपले अन्ततः रक्षा समन्वयमा आफ्नो कमजोर, छरिएको दृष्टिकोणलाई स्वीकार गर्ने समय आएको छ । अरूलाई डर छ कि ट्रम्प २.० ‘युरोपका लागि यति शत्रुतापूर्ण हुनेछ कि ब्लकसँग आफ्नो रक्षा खर्च बढाउनुबाहेक अर्को विकल्प हुनेछैन ।’
नेटोसँगको विवाद
पछिल्लोपटक ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सेनाको कडा आलोचना गरेका थिए । किनभने अमेरिकाले रक्षा खर्चको सबैभन्दा ठुलो हिस्सा नेटोलाई प्रदान गर्दछ ।
सन् २०१६ मा ट्रम्पको मान्यता यो थियो कि यसले अन्य सदस्यबिच लगानीविनाको फाइदालाई प्रोत्साहित ग¥यो । नेटोका सदस्य राष्ट्रहरू अमेरिकाको खर्चमा कम योगदान गर्न पाउँदा खुसी भएको उनको भनाइ थियो ।
राष्ट्रपति बाराक ओबामा र जो बाइडेनको कार्यकालमा पनि वासिङटन स्पष्ट रूपमा युरोप र नेटो दुवैसँग दूरी बढाएर एसियातर्फ ढल्केको थियो
यसपटक, ट्रम्पले आफ्नो आलोचनालाई तीव्र पारेका छन् । नेटो गठबन्धन सेनाले अझै पर्याप्त खर्च गर्न असफल भएको उनको भनाइ छ ।
रसियालाई आफ्नो रकम तिर्न असफल हुने नेटो सहयोगीहरूलाई ‘उनीहरूले जे चाहन्छ त्यो गर्न’ प्रोत्साहित गरेको पनि ट्रम्पको दाबी छ ।
इयूसँगको असमझदारीका कारण अमेरिका नेटो सदस्यको रक्षा गर्ने वा संगठन छोड्ने भन्ने द्विविधामा परेको विश्लेषण हुन थालेको छ । यसले अमेरिकालाई र नेटो दुवैलाई समस्यामा पारेको छ ।
युक्रेनका सम्बन्धमा ट्रम्पका विकल्प सरल छन्, या त उसलाई थप सशस्त्र बनाउने वा दिँदै आएको सहायता रकम कटौती वा अस्वीकार गर्ने ।
पहिलो विकल्पले युद्धमा भइरहेको आमनेसामने शान्त पार्दै अपूर्ण शान्तिका लागि बाध्य पार्ने जोखिम बढाउँछ भने दोस्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विजय गराउँन मद्दत गर्छ ।
पूर्वराष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति भएको खण्डमा २४ घण्टाभित्र युद्ध समाप्त पारिदिने दाबी गरेका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।
युद्ध अन्त्य गर्न उनले युक्रेनी र रुसी पक्षसँग पनि अप्रत्यक्ष वार्ता गरिरहेको विवरणहरू पनि सार्वजनिक भएका छन् । युद्धविरामका लागि युक्रेन तयार रहेको राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलेसमेत बताउन थालेका छन् ।
दुवै पक्षले आ–आफ्ना अडान त्यागेर सहमतिमा जान आवश्यक छ । युक्रेन युद्धका क्रममा ठुलो जनधनको क्षति भइसकेको छ । युद्धका कारण लाखौँ मानिस घाइते भएका छन भने अरू लाखौँ विस्थापित बनेका छन् ।
(ह्याडफिल्ड बेलायतको सरे विश्वविद्यालयकी राजनीति विभागका प्रमुख हुन् । हामीले यो लेख द कन्भर्सेसनबाट साभार गरेका होँ । यो लेखको विस्तृत लिंकमा डोनाल्ड ट्रम्पबारेक्लिक गरेर पढ्न सकिन्छ ।)