काठमाडौँ । विश्वभर मनाईने महापर्व क्रिसमसको रौनक नेपालमा पनि भव्य तयारी चलिरहेको छ ।
भोलि देशभर क्रिसमस मनाउनेहरु इभको रौनकमा झुम्नेछन् । यसका लागि सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।
शिक्षित युवायुवतीहरुमा यो महापर्व निकै लोकप्रिय भएको छ । विशेषगरि क्रिसमसलाई प्रेमको पर्वको रुपमा सांस्सारिक परिभाषा छ । क्रिसमस आस्था भन्दा बढी मनोरञ्जन र स्वतन्त्रताको रुपमा मनाउने भएकोले विश्वभर फैलिएको यसका जानकारहरु बताउँछन् ।
केही दिनदेखि नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले बुधबार क्रिसमस मनाउन घरपरिवार, इष्टमित्र र साथीभाईबीचमा ठुला ठुला जमघट हुने कार्यक्रम आयोजना गरेका छन् । क्रिसमस डेको पूर्वसन्ध्यामा काठमाडौँमा क्रिसमस इभको रौनक छ।
पछिल्लो पटक विश्वभर इसाई मात्र नभई अन्य धर्मालम्बी पनि रमाइलोका लागि क्रिसमसमा सहभागी हुँदै आएका छन् । क्रिसमसको पूर्वसन्ध्यामा ललितपुरको एजम्प्सन चर्चमा प्राथना गर्दै मनाइएको छ।
डिसेम्बर २५ मा पर्ने क्रिसमसको पूर्व सन्ध्यामा इशाइ धर्मावलम्बीहरू चर्चमा भेला हुने गर्छन्। चर्चमा भेला भएर प्रार्थना गर्ने गर्छन्।
चर्चलाई झिलिमिली बत्तीले पनि सजाउने गरिन्छ।
विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस मनाउने चलन छ। नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले क्रिसमस मनाउने चलन बढेको छ। इसाई धर्मावलम्बी ले मात्र नभई सबैले यस दिनलाई पर्वको रूपमा मनाउँछन्।
अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस इभ मनाइएको हो।
दुई हजार वर्षअघि जेरूसेलमको बेथलेहममा मारियमको कोखबाट जिसस क्राइस्टको जन्म भएको मानिन्छ।
उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमस डेमा इसाई धर्मावलम्बीहरूले येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्छन्।
क्रिसमसको अघिल्लो दिन बालबालिकाहरु ‘सान्ता क्लाउज’ बनेका छन्। उनीहरुले रातो रंगको लुगा लगाएर सान्ता क्लाउज बनेर दीप प्रज्वलनसमेत गरेका छन्।
काठमाडौँ उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, जाउलाखेललगायतका स्थानमा क्रिसमस ट्री बनाएर सजाइएको छ। त्यस्तै ठूलाठूला व्यापारिक क्षेत्रमा पनि क्रिसमस ट्री बनाई सजाइएको छ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।
यो संवत विश्वभरका करीब ९० प्रतिशत मुलुकमा व्यवहारतः प्रयोग गर्दै आएका छन् ।
क्रिसमस डेको पूर्वसन्ध्यामा उपत्यकाको रौनक । हेर्नुस, तस्बिरमा ।
(सम्पूर्ण तस्बिरहरु: रास)