काठमाडौँ । अघिल्लो दिन २५ दशमलव ४१ अङ्कले घटेको नेप्से आज पुन १५ दशमलव ५४ अङ्कले घटेर २५ सय ९४ दशमलव १३ अङ्कमा झरेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अङ्कले घटेर चार सय ४१ दशमलव ४२ अङ्कमा झरेको छ ।
नेप्सेमा आज तीन सय २२ वटा कम्पनीको ६४ हजार दुई सय ७८ पटकको कारोबारमा एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता सेयर खरिद- बिक्री भएकामा कुल कारोबार रकम ६ अर्ब ६५ करोड आठ लाख १३ हजार एक सय तीन रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको सेयर कारोबार भएकामा सबै समूहको सूचक घटेर सेयर बजार राताम्मै देखिएको छ । वाणिज्य बैंक समूहको सूचक चार दशमलव ८१ अङ्कले घटेर १३ सय ६७ दशमलव ९० अङ्कमा झरेकामा विकास बैङ्क समूहको सूचक पनि ३१ दशमलव ३९ अङ्कले घटेर पाँच हजार तीन सय ६८ दशमलव ५८ अङ्कमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि ३८ दशमलव ६४ अङ्कले घटेर २८ सय ८५ दशमलव १५ अङ्कमा झरेकामा जलविद्युत् समूहको सूचक पनि १८ दशमलव शून्य चार अङ्कले घटेर तीन हजार ६ सय तीन दशमलव ६५ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि ६४ दशमलव २७ अङ्कले घटेर १२ हजार ६ सय ४० दशमलव ४८ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि तीन दशमलव शून्य पाँच अङ्कले घटेर १२ हजार चार सय ८३ दशमलव ९३ अङ्कमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ९० दशमलव ४६, शून्य दशमलव ६०, ५१ दशमलव ४६, २१ दशमलव ९६, शून्य दशमलव शून्य आठ, १२ दशमलव ९४ र ८३ दशमलव ७७ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।