काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमै आज बुधबार भौतिक आक्रमण गरेका छन् ।
काठमाडौँको बबरमहलमा रहेको जिल्ला अदालत परिसरमा दिउँसो वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपाका कार्यकर्ता खनिएका थिए । उनीहरुले प्रतिशोधपूर्ण आक्रमण गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सहकारी पीडितको तर्फबाट कानुनी लडाईं किन लडेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपाको ठुलो भीडले हमला गरेको थियो । तत्कालै प्रहरी र अन्य प्रत्यक्षदर्शीहरुले घेरा हालेर त्रिपाठीलाई सुरक्षित स्थानतर्फ लगेका थिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठी सधैजसो पीडितहरुका तर्फबाट बहस गर्ने नेपालका औंलामा गन्न सकिने एक मात्र वकील हुन् । जाजरकोटमा नवराज विकको न्यायका लागि आफ्नै खर्चमा वरिष्ठ अधिवक्ता त्रिपाठीले बहस गरेका थिए ।
हरेक वर्ष वरिष्ठ अधिवक्ता त्रिपाठीले यस्ता पीडितका तर्फबाट दर्जनौं मुद्दाहरुमा बहस गरेका छन् । उनले पैसा नभएका, दीनदुखी र निमुखाका जनताको पक्षमा पैरवी र कानुनी लडाईं लड्दै आएका छन् ।
नेपाल सरकारले वरिष्ठ अधिवक्ताको उपाधि मान्यता दिएर पनि दिनेश त्रिपाठीले कुनै अर्थोपार्जन गरेका छैनन् । उनी अहिले पनि अदालत र कार्यालय पैदल नै पुग्छन् । नेपालमा वरिष्ठ र कहलिएका अधिवक्ताहरुको सूचीमा संभवतः सरल जीवनयापन गरेका त्रिपाठी एक अपवाद वकील हुन् ।
रास्वपाका कार्यकर्ताले चिनेरै नियोजित रुपमै आँफूमाथि आक्रमण भएको वरिष्ठ अधिवक्ता त्रिपाठीको बुझाई छ । यो एक आततायी प्रवृति हो, उनले भने ।
उता, रास्वपाले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हमला गर्नेलाई कारवाही गरिने वताएको छ । रास्वपाका कार्यकर्ता तथा समर्थकले आज गरेको आक्रमणप्रति विभिन्न संघसंस्था र व्यक्तिहरुले निन्दा प्रकट गरेका छन् ।
रास्वपा केन्द्रले जारी गरेको विज्ञप्ति–