काठमाडौँ । युद्धमा होमिएको हमासले आज शनिबार केही व्यक्तिलाई रिहा गर्ने भएको छ ।
गाजा युद्धविरामको सम्झौता अनुसार हमासले शनिबार रिहा गर्न लागेका चार इजरायली बन्धकको नाम सार्वजनिक गरेको हो । रिहा हुनेमा सैनिक करिना एरिएव, डेनिएला गिल्बोआ, नामा लेबी र लिरी अल्बाग रहेका छन् ।
यी चारैलाई इजरायलमा बन्द १८० प्यालेस्टाइनी कैदीको बदलामा रिहा गरिने बताइएको छ । गएको आइतबार युद्धविराम लागू भएपछि यो दोस्रो आदानप्रदान हो । यसअघि पहिलो अदलाबदलीमा तीन इजरायली बन्धकको साटो ९० प्यालेस्टाइनी कैदीको रिहा गरिएको थियो ।
युद्धविरामले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरिएपछि शुरु भएको १५ महिने रण संग्रामलाई रोकेको छ । जसमा लगभग १२ सय मानिस मारिए भने २५१ बन्धकलाई गाजा फिर्ता लगिने अन्तराष्ट्रिय समाचार संस्था रोयटर्स ले जनाएको छ ।
यद्यपि, इजरायल आक्रमणमा ४७ हजार २०० बढी प्यालेस्टाइनी मारिएको गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमासले आउने पाँच हप्तामा रिहा गर्ने बाँकी २६ बन्धकका बारेमा पनि जानकारी आउने विश्वास लिइएको छ । जसमा दुई मातापिता, दुई बच्चा तथा एक १० महिने सबैभन्दा कम उमेरका बन्धक समेत रहेका बताइन्छ ।
युद्धविराम सम्झौता पालना गर्न र शान्ति कायम राख्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दबाब दिन थालेका छन् ।