जेरुसेलम/ गाजा । गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ ।
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेको इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले जनाएको छ ।
“चार बन्धकहरू इजरायली क्षेत्र फर्किँदा इजरायल डिफेन्स फोर्स (आईडीएफ) र आईएसए बलहरूसँगै थिए, जहाँ तिनीहरूको प्रारम्भिक चिकित्सा परीक्षण हुनेछ,“ विज्ञप्तिमा भनिएको छ ।
चारै जनाले गाजा पट्टी सीमा नजिकैको आईडीएफको शिविरमा आफ्नो परिवारलाई भेट्ने कार्यक्रम छ । त्यहाँबाट उनीहरूलाई मध्य इजरायलको बेलिन्सन अस्पतालमा हेलिकप्टरबाट सारिनेछ ।
गाजाको रेडक्रसमा हमासबाट चार सैनिकको स्थानान्तरण प्रत्यक्ष प्रसारण गरिएको थियो । चारैजना मुस्कुराउँदै थिए ।
बन्धक रिहाई हमास र इजरायल बीचको बन्दी–बन्धक आदानप्रदानको यो दोस्रो चरण हो ।
इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताले १५ महिनाको तीव्र युद्धपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो । फोटो : एएफपी