काठमाडौँ । आज २०८१ साल माघ १७ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि। । सोनाम ल्होसार। तदनुसार सन् २०२५ जनवरी ३० तारिख।
मेष : बिहानै शुभ समाचार सुन्न पाइने छ । साथीभाइसँगको भेटघाटमा नयाँ योजनाहरू बन्नेछन् ।
वृष : सञ्चित धन खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ । अप्ठेरो अवस्थामा परिवारले साथ दिनेछन् ।
मिथुन : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । व्यवसायमा लगानी गर्दा परिवारको सल्लाह लिनु उचित हुनेछ ।
कर्कट : घरमा सन्तान सुख प्राप्त हुने योग छ । विदेशमा रहेका आफन्तसँग पुनर्मिलन हुने दिन छ ।
सिंह : ठूला आयोजनामा गरेको लगानीबाट बिस्तारै आम्दानी सुरु हुने छ । परिवारकाे राम्रो साथ मिल्ने छ ।
कन्या : बौद्धिक व्यक्तिसँगको भेटले सिर्जनात्मक काम गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला : गोपनीयता भङ्ग गर्नाले परिवारबाटै असहयोग हुने परिस्थिति आउला । गरिरहेको कामलाई निरन्तरता दिनुहोला ।
वृश्चिक : सहकर्मी मार्फत महत्वपूर्ण काम सहजै बन्नेछ । बौद्धिक व्यक्तिलाई विश्वास गर्दा घाटा हुन सक्ला ।
धनु : वैदेशिक रोजगारीका लागि देश छाड्नुपर्दा नरमाइलो लाग्न सक्छ । साथीहरुले साथ दिँदा मनमा उत्साह बढ्नेछ।
मकर : आज नयाँ कामको सुरुवात हुने दिन छ। एकल निर्णयले गरेका कामहरू सफल हुनेछन् ।
कुम्भ : कृषिमा गरेको लगानी खेर जाने छैन् । लामो समयपछि घरजग्गाको कारोबारबाट फाइदा हुने योग छ ।
मीन : बिहानै भजन सुन्दा मन हल्का हुनेछ । व्यापारमा निस्कँदा बटुवालाई सहयोग गरे फलिफाप हुने छ ।