धेरै नेपालीलाई लागेको छ, पछिल्लो पटक अमेरिकी युएसएड मार्फत हुने सहयोग नेपालको लागि अहितकर छ । यो सहयोगविनै चीनमा अधिकांश जनता धर्मरहित छन् । चीनलाई यो सवालमा जोड्न कुनै कारण नै देखिंदैन ।
चीनमा ६० प्रतिशत बढीले कुनै धर्म मान्दैनन् । चीनमा मुस्किलले सफ्ट धर्म मान्ने ४० प्रतिशत पनि छैन । त्यो पनि कडा धार्मिक त शुन्य बराबर छ ।
चिनियाँ जनताको यो धारणाको विकास कुनै संस्थाको फण्ड वा सहयोग भएर होइन । उन्नत ज्ञानको अभ्यास हो ।
आज चिनियाँ जनता सुखी छन् । छोरी र महिला निकै सुरक्षित र स्वतन्त्र छन् । चीनमा परम्परागत र जर्बजस्ती विवाह प्रतिबन्ध छ । स्वतन्त्रपूर्वक प्रेमविवाहमा चीन नंवर वान छ ।
आखिर किन त ? ग्लोबल टाइम्सको सम्पादकीयले भन्छ–
युएसएड किचलोमा चीनलाई किन मुछ्नु ?
सबै देशका विदेशी सहायता शून्य–योग खेलमा आधारित हुँदैनन् र न त यो कसैले जित्ने र कसैले हार्ने विषय नै हो ।
अमेरिकी राजनीतिक वृत्तमा युएसएडसम्बन्धी राजनीतिक खिचातानी चलिरहेको छ, जहाँ विभिन्न पक्षले एक–अर्कालाई आरोप लगाउँदै छन् । सुरुमा घरेलु विषय रहेको यो मुद्दालाई पछि चीनलाई दोष दिने अवसरमा परिणत गरिएको छ । अपेक्षित रूपमा मिडिया र नेताले युएसएड बन्द गर्दा ‘बेइजिङलाई फाइदा पुग्नेछ,’ अमेरिकी ‘शक्ति शून्यता’ सिर्जना हुनेछ, र चीनका लागि ‘ठुलो उपहार’ हुने दाबी गरेका छन् । यी भाष्य मुख्यतया राजनीतिक प्रभाव बढाउन र ट्रम्प प्रशासनको निर्णयको विरोध गर्न गरिएको पक्षपातपूर्ण बयानबाजी हुन् । हालका वर्षमा ‘चीन खतरा’ दुवै दलका लागि विपक्षीमाथि प्रहार गर्ने सहज माध्यम बनेको छ । अर्थात् युएसएडको कुनै पनि पक्षलाई चीनविरोधी रणनीति वा अमेरिकी प्रतिस्पर्धा कमजोर पार्ने तत्वका रूपमा चित्रण गर्न सकिन्छ । अन्ततः अमेरिकी राजनीतिले कुनै पनि मुद्दालाई ‘चीन खतरा’ सँग जोड्ने बाटो सधैँ फेला पार्छ ।
युएसएड बन्द गर्नु चीनका लागि ‘उपहार’ हुने दाबी पुरानो सोचको प्रतीक हो । तर, यसले केही अमेरिकीको गहिरो जरा गाडेको आधिपत्यवादी मानसिकता र अहंकार उजागर गर्छ । उनीहरूले विकासशील राष्ट्रलाई केवल ‘भरिने खाली ठाउँ’का रूपमा हेर्छन्, जसले ती देशलाई स्वतन्त्र सत्ता नभई कठपुतलीका रूपमा व्यवहार गर्ने अपमानजनक दृष्टिकोण उजागर गर्छ । विदेशी सहायतालाई भू–राजनीतिक प्रभावको साधन मान्नुले अमेरिकी सहयोग प्रायः राजनीतिक सर्तसहित आउने यथार्थ स्पष्ट छ । त्यसैगरी, युएसएडको बचाउ गर्दा यी व्यक्ति विशेष रूपमा लाभार्थी राष्ट्रमा ‘चीनको प्रभाव रोक्ने’मा केन्द्रित हुन्छन् । यसले अन्तर्राष्ट्रिय समुदायमा अमेरिकी मानसिकता प्रकट गरिदिएको छ र धेरै देशका लागि चेतावनीको संकेत बनेको छ ।
युएसएडको रणनीतिक निर्णयले चीनसँग कुनै सम्बन्ध राख्दैन । चीन कहिल्यै अन्य मुलुकको आन्तरिक राजनीतिक खेलमा संलग्न भएको छैन, न त भविष्यमा नै संलग्न हुनेछ । त्यसैगरी, अमेरिकाले आफ्नो विदेशी सहायता कसरी वितरण गर्छ र कसलाई दिन्छ भन्ने विषयमा हामीलाई कुनै चासो छैन । एक जिम्मेवार विश्वशक्ति भएकाले चीनले अन्तर्राष्ट्रिय मञ्चमा सत्यनिष्ठा र पारदर्शितासाथ काम गर्छ, सबै राष्ट्रसँग इमानदारी, न्याय र आपसी सम्मानका आधारमा व्यवहार गर्छ । हामी सहयोग र पारस्परिक लाभमा आधारित नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न प्रतिबद्ध छौँ । र, हामी परम्परागत भू–राजनीतिक ‘प्रभाव क्षेत्र’को सोचलाई अस्वीकार गर्छौँ अनि शून्य–योग प्रतिस्पर्धाको ऐतिहासिक जालोभन्दा माथि उठ्छौँ ।
चीनको विदेशी सहायता स्थानीय जनताको जीवनस्तर सुधार्न केन्द्रित छ । कुनै पनि राजनीतिक सर्तविना प्रदान गरिन्छ र यसले लाभार्थी राष्ट्रको आफ्नै विकास मार्ग छनोट गर्ने स्वतन्त्रतालाई पूर्ण रूपमा सम्मान गर्छ । हामी सहायतालाई कहिल्यै अन्य राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा राजनीतिक लाभ लिने साधनका रूपमा प्रयोग गर्दैनौँ । यो दृष्टिकोण अन्तर्राष्ट्रिय रूपमा व्यापक मान्यता प्राप्त र सम्मानित छ । चीनको विश्व दृष्टिकोणलाई संकीर्ण र पूर्वाग्रही ढंगले व्याख्या गर्ने प्रयासले अन्तर्राष्ट्रिय मञ्चमा कुनै समर्थन पाउनेछैन ।
यदि, युएसएड बन्द हुन्छ भने विश्व चीनको नियन्त्रणमा जान्छ भन्ने भ्रममा रमाउने अमेरिकी राजनीतिज्ञले वास्तविकतालाई हेरुन् । विनाशकारी भूकम्पपछि सिरियामाथिको प्रतिबन्ध तत्काल हटाउने आह्वानलाई अमेरिकाले बेवास्ता गरिरहँदा चीनको पहिलो आपत्कालीन सहायता पहिल्यै प्रभावित क्षेत्रमा पुगिसकेको थियो । जब अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा गर्दै थियो, चीनले अफ्रिकामा चिकित्सक टोली पठाइरहेको थियो । र, खोप प्रदान गरिरहेको थियो । ताजारा रेलवेदेखि चीन–लाओस रेलवे, हाइब्रिड धानदेखि रुवान्डाको ‘२०० इनार’ परियोजनासम्म चीनको व्यापक परामर्श, साझा योगदान र पारस्परिक लाभका सिद्धान्त दीर्घकालीन रूपमा प्रभावशाली छन् भन्ने देखाएको छ । युएसएड रहोस् वा नरहोस् चीनको बढ्दो लोकप्रियतालाई कसैले नकार्न सक्दैन । वासिंटनले बुझ्नुपर्ने के हो भने वास्तविक प्रभाव रकमको मात्राले होइन र जबर्जस्तीभन्दा सम्मानबाट एवं शून्य–योग प्रतिस्पर्धाभन्दा सहकार्यबाट प्राप्त हुन्छ ।
सहायता कुनै प्रतिस्पर्धा होइन । सबै देशका विदेशी सहायता शून्य–योग खेलमा आधारित हुँदैनन्, र न त यो कसैले जित्ने वा कसैले हार्ने विषय नै हो । सन् २०२३ मा विश्वव्यापी मानवीय सहायता कोषको अभाव लगभग ३५ अर्ब डलर पुगेको थियो, जसमा केही मानवीय संकटले अत्यन्त न्यून वित्तीय सहायता प्राप्त गरेका थिए । राष्ट्रसंघले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विकास लगानीको अभाव वार्षिक रूपमा अनुमानित ४२ खर्ब डलर पुग्नेछ । राष्ट्रसंघका उप–महासचिव अमिना मोहम्मदले अन्तर्राष्ट्रिय सहकार्यविना विश्वले दिगो विकास लक्ष्य हासिल गर्न सक्ने छैन भनेर चेतावनी दिएकी छिन् । यस्तो परिस्थितिमा अन्तर्राष्ट्रिय समुदाय विशेषतः प्रमुख शक्तिले विश्वव्यापी दिगो विकासमा थप योगदान पु¥याउन आपसी सहकार्य गर्न अझ आवश्यक छ ।
युएसएडको भविष्य अन्ततः अमेरिकैसँग सम्बन्धित छ । चीनलाई यस मुद्दामा समावेश गर्नुले अमेरिकाका आफ्ना समस्या समाधान गर्न सक्नेछैन । केही अमेरिकी व्यक्तिका हालका क्रियाकलापबाट विश्वले स्पष्ट बुझाइ पाएको छ, अर्थात् सहायता वास्तवमा भरिनुपर्ने ‘खाली स्थान’ भू–राजनीतिक खेल होइन, बरु वैश्विक शासनका जिम्मेवारी र प्रतिबद्धता हुन् ।
(साभारः ग्लोबल टाइम्स )