झारखण्ड (राँची) । इन्डियाको उत्तर प्रदेशमा रहेको प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्रीहरुमा छालासम्बन्धी गम्भीर समस्या देखिएको छ । राँचीका छाला रोग विशेषज्ञहरूले मेलाबाट फर्किएका व्यक्तिहरूमा चिलाउने, रातो दाग आउने, र्यास देखिने तथा ढुसी संक्रमण बढेको बताएका छन्।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र राष्ट्रिय हरित अधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गंगा र यमुना नदीको पानी अत्यधिक प्रदूषित रहेको उल्लेख गरिएको थियो। यो रिपोर्ट सार्वजनिक भएसँगै राँचीका चिकित्सकहरूकहाँ छालासम्बन्धी समस्याका बिरामीको संख्या अप्रत्याशित रूपमा बढेको छ। यो संख्या यहाँ लाखौं छ ।
राँचीस्थित छाला रोग विशेषज्ञ वरिष्ठ चिकित्सक डा. यशवन्त लालका अनुसार, ‘हाल छालासम्बन्धी संक्रमण, विशेष गरी ढुसीजन्य समस्या भएका बिरामीहरू निकै बढेका छन्। बिरामीहरूले अत्यधिक चिलाउने, रातो दाग आउने तथा संक्रमण फैलने समस्या बताइरहेका छन्। यो मेलाको अस्वस्थकर वातावरण, लामो समयसम्म भिजेको कपडा लगाउनु र साझा शौचालय तथा नुहाउने स्थानको प्रयोगका कारण हुन सक्छ।’
राँचीको एडलुहाटु निवासी ५७ वर्षीय रञ्जीत कुमारले भने, ‘कुम्भ मेलाबाट फर्किएपछि मेरो शरीरभरि चिलाउने, रातो दाग आउने समस्या देखिएको छ। औषधि खाइरहे पनि समस्या कम हुन धेरै समय लागिरहेको छ।’
बोर्डले फेब्रुअरी ३ मा एनजीची समक्ष पेश गरेको प्रतिवेदनअनुसार, गंगा र यमुना नदीको पानीमा अत्यधिक कोलिफर्म जीवाणु भेटिएको छ। यो जीवाणु मलमूत्रजन्य फोहोरका कारण फैलिएको बताइएको छ।
प्रतिवेदनमा गंगामा कोलिफर्मको मात्रा तोकिएको मापदण्डभन्दा १,४०० गुणा र यमुनामा ६६० गुणा बढी रहेको उल्लेख गरिएको छ। जसले गर्दा यी नदीहरूमा स्नान गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि हुन्छ।
बोर्डका अनुसार बाहिरी स्नानका लागि पानीमा कोलिफर्मको मात्रा अधिकतम ५०० एकपीएन प्रति १०० मिलिलिटर हुनु पर्ने हो। तर, जनवरी १९ मा गरिएको परीक्षणमा गंगाको पानीमा ७,००,००० एकपीएन प्रति १०० मिलिलिटर र यमुनाको पानीमा ३,३०,००० एकपीएन प्रति १०० मिलिलिटर कोलिफर्म फेला परेको थियो। जनवरी १२, १३, १४, १५ र १९ मा गरिएको परीक्षणले पनि नदीको पानी अत्यधिक प्रदूषित रहेको देखाएको थियो।
स्वास्थ्य विज्ञहरूका अनुसार, कुम्भ मेलामा लाखौँ मानिसको भीड, उच्च आद्र्रता, सरसफाइको अभाव र दूषित पानीका कारण छालासम्बन्धी समस्या देखिएको हुन सक्छ। गंगाको अत्यधिक प्रदूषित पानीमा स्नान गर्नु नै संक्रमणको प्रमुख कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्।
चिकित्सकले औँल्याए चार गंभिर समस्या
प्रयागराजमा वगेको पानीमा कोलिफर्म मात्र नभई वंशाणुगत छालालाई असर पार्ने केमिकल अत्यधिक मिसिएको छ । विभिन्न ठुला उद्योग, कलकारखाना र दुषित पानीमा उब्जने खतरनाक व्याक्टेरियाले यो पानीको असर मानिसको छाला हुँदै रगतमा पुग्छ ।
त्यो रगतको असर १० औँ वर्षसम्म शरीरमा रहने भएकोले अर्को वंशमा प्रवेश गर्छ । सन्तान उत्पादन गर्ने व्यक्तिले अर्को वंशमा रुपान्तरण गर्ने भएकोले यो पानीमा नुहाउने सबैजसोमा छाला कालो धब्बा हुने, अनुहारको गोरोपन हराउने र वंशमा रंग परिवर्तन भएर जाने हुन्छ ।
तत्काल यसको असर नदेखिने व्यक्तिलाई पनि उसको सन्तानमा यो स्पष्ट देखिने चिकित्सकहरु बताउँछन् । गोरा व्यक्तिले यो पानीमा लगातार नुहायो भने केही वर्षमा उसको छालाको रंग परिवर्तन हुन्छ । पछि उसको सन्तानमा यो स्पष्ट देखिने हुन्छ । यो समस्या केही वर्ष भित्रमा यो क्षेत्र वरपरका करोडौं मानिसहरुमा देखिने चिकित्सकहरुको तर्क छ ।
डा. यशवन्तका अनुसार, प्रयागराजको पानीमा हजारौं प्रकारका विषालु तत्वहरु मिश्रण भएको छालाको कान्ति, रंग, रगत र सन्तानमा हुने रंग परिवर्तन जस्ता मुख्य समस्याहरु देखिने गरेका छन् । यी चार प्रकारका समस्या यो पानीमा डुबुल्की मार्ने, नुहाउने गरेका मानिसहरुमा विगत १४४ वर्षयता प्रामाणिक रुपमा देखिएको डा. यशवन्तको दाबी छ ।
इन्डियामा लाग्ने सबैभन्दा ठुलो यो महाकुम्भमा तीनवटा राज्य नागरिक र नेपालका केही व्यक्तिहरु डुबुल्की मारेका थिए । इन्डियन मिडियाका अनुसार, हालसम्म यहाँ ५० करोड बढीले डुबुल्की मारेको बताएका छन् । स्मरणहोस, इन्डियाका उत्तर प्रदेश, बिहार र मध्यप्रदेशमा मात्रै ५४ करोड ५५ लाख बढी जनसंख्या रहेको छ । यसमा झारखण्डको जनसंख्या समावेश छैन ।
रमाइलो हेर्न र अपवादमा केही विदेशीहरु पुगेपनि नेपाल वाहेकका अन्य कुनै विदेशी यो पानीमा नुहाउन पुग्दैनन् । इन्डियाकै अधिकांश राज्यहरु सिक्किम, अरुणाञ्चल, मिजोरम, मणीपूर, कश्मिर लगायतका क्षेत्रका मानिसहरु प्रयागराजमा डुबुल्की मारेका छैनन् ।
कुम्भमा धेरै जोगी र धर्ममा आसक्त व्यक्तिहरु सहभागी छन् ।
१४४ वर्षमा आएको भनिएको यो महाकुम्भ इन्डिया र नेपालको सिमावर्ती क्षेत्रका मानिसहरुमा निकै आस्था देखिन्छ ।
इन्डियन प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाकुम्भको जोडतोडले प्रचारमा जुटेका छन् ।
समाचार स्रोतः एएफपीको सहयोगमा ।