धर्मले चमत्कार गर्देन । बरु विज्ञानले चमत्कार गर्छ । धर्मले त मानिसलाई दुर्गन्धमा डुबाइदिन्छ र रोगको भारी आफ्नो वंशमा रुपान्तरण गर्छ ।
इन्डियाको प्रयागराजमा हालै सम्पन्न महाकुम्भ मेलाको यही गंगामा इन्डियन र केही नेपालीले मजाले डुबुल्की मारे ।
गंगाको पानीमा घातक जीवाणु रहेका वैज्ञानिकले विवरणहरु सार्वजनिक गरेका छन् । जहाँको पानीमा ब्याक्टेरियलले भरिएको छ ।
वैज्ञानिकका अनुसार, उत्तर प्रदेशको गंगामा भुपरिवेश जटिल छ, प्रदुषित छ र मानवप्रतिकुल विषहरु तयार हुन्छ ।
गंगाको पानीमा सिलिकेट एकाग्रता उत्पन्न गर्छ र यो ब्याक्टेरियाको एकग्रतामा जान्छ । गंगा नदिले पहिले झैं अहिले शुद्ध गर्न सक्दैन । मानव फोहोरको चाप बढ्दो छ र गंगा आँफैमा विरामी छ ।
हालै लाखौं मानिसहरुमा छालाका विरामीहरु बढ्न थालेका विवरणहरु बाहिर आएका छन् । महाकुम्भमा डुबुल्की मार्नेहरुमा गंभिर छालाको समस्या : के भन्छन् विशेषज्ञ ?
यो प्रमाणका लागि दुई सय वर्ष यताको प्रमाणहरु हेर्नुपर्छ । त्योबेला गंगा वरपर बस्ने मानिसहरु फरक रंगका थिए । विस्तारै गंगाको पानीमा चोबिए र उनिहरुको रंग परिवर्तन हुँदैगयो । धर्मले मानिसलाई यो कुरा सिकाउँदैन । अहिले गंगाको पानीमा वंशाणुगत गुणहरु परिवर्तन ल्याउने जीवाणु व्याप्त छ ।
यो भयो रोगको कुरा । अर्को छ धर्मको जडता र कट्टरपन । गंगामा डुबुल्की मार्ने उत्तर प्रदेशका आयोध्या, बनारस र अलाहबादमा न गरीबी घटेको छ न रोग नियन्त्रण छ ।
उत्तर प्रदेशका धार्मिक क्षेत्र वरपर गरीबी बहुसंख्यक छ, रोगीको संख्या घरघरपिच्छे छ र कुनै न कुनै रोगबाट यहाँका मानिसहरु पीडित छन् ।
धर्मले सरसफाई ओझेलमा पारिदिएको छ । गाउँगाउँमा अझै खुल्ला शौच व्याप्त छ । घर नजिकै शौचालय बनाउँदा देउता रिसाउँछन् भन्ने धारणा करोडौँ मानिसहरुमा छ । उद्योग र कलकारखानको विष मिसिएका फोहोरजन्य तरल पदार्थ नदिमा मिसिएका छन् ।
यो शताब्दीसम्मको वर्तमान समयमा उत्तर प्रदेशको गंगा नदिको पानी शतप्रतिशत घातक रहेको छ ।
यही विषयलाई पुष्टि गरिएका दर्जनौं लेखहरु अहिले विश्वभरका समाचार पोर्टलमा पाइन्छन् ।
प्रणय जी. लाल जो प्राकृतिक इतिहासमा सम्पूर्ण अध्ययन गरिसकेका छन्, उनको लेख यहाँ प्रकाशित छ ।
के गंगाले आफूलाई आफैँले शुद्ध बनाउँछ ?
ब्याक्टेरियालाई मार्ने ब्याक्टेरियोफेज भाइरसको उपस्थिति गंगाको कुनै चमत्कारी गुण नभई बरु ब्याक्टेरियल प्रदूषणको लक्षण हो ।
सन् १८९६ मा बेलायती जीवाणु वैज्ञानिक अर्नेस्ट ह्यांकिनले गंगा किनारमा स्थानीयले माटोका भाँडामा पानी भर्दै गरेको देख्थे । यो दृश्य देखेर उनले हैजाको महामारी नफैलियोस् भन्ने कामना गरेका थिए ।
यसका लागि अनुसन्धान गर्दै जाँदा उनले गंगाको पानीले केही घण्टामा हैजाका जीवाणु नष्ट गरेको अद्भूत तथ्य पत्ता लगाएका थिए । तर, गंगाको पानी नमिसाइएका पानीका स्रोतमा हैजाका जीवाणु फस्टाउँथे ।
उत्सुक भई ह्यांकिनले पानीलाई छान्ने र तताउने परीक्षण गरे र कुनै अदृश्य जैविक तत्व रहेको अनुमान लगाए । गंगाले आफूलाई शुद्ध राख्न सक्ने क्षमताले परम्परागत धारणालाई चुनौती दिएको थियो ।
पर्याप्त प्रमाण हुँदाहुँदै पनि यो अवधारणालाई गंगाको धार्मिक मान्यता मात्र ठानियो । तीन दशकपछि मात्र यो खोजलाई ब्याक्टेरियोफेज अर्थात् ब्याक्टेरियालाई मात्र नष्ट गर्ने भाइरसका रूपमा मान्यता दिइयो । २१औँ शताब्दीमा आधुनिक अनुसन्धानले ह्यांकिनको त्यसवेलाको आशंकालाई पुष्टि ग¥यो ।
हालैका अध्ययनले हरिद्वारदेखि वाराणसीसम्मका गंगाको पानीका नमुनामा ब्याक्टेरियोफेजको उपस्थिति पाएका छन् । यी अध्ययनमा पानीजन्य रोगका सामान्य रोगाणुलाई लक्षित गर्ने ब्याक्टेरियोफेज असाधारण रूपमा धेरै मात्रामा पाइएका छन् ।
केही वैज्ञानिकले त घातक एन्टिबायोटिक–प्रतिरोधी ब्याक्टेरियालाई निष्क्रिय पार्न ब्याक्टेरियोफेजकै संकलन गरेका थिए । जब फेज थेरापी (ब्याक्टेरियोफेजको प्रयोग गरेर रोग निको पार्ने विधि) पहिलोपटक पत्ता लगाइयो, गंगालाई एक खोज नगरिएको भण्डारका रूपमा देखेर अनुसन्धानकर्ता उत्साहित भए ।
तर, पानीमा ब्याक्टेरियोफेज तब मात्र हुन्छन्, जब तिनले सिकार गर्ने गरी ब्याक्टेरिया प्रचुर मात्रामा उपलब्ध हुन्छन्, अर्थात् ब्याक्टेरियोफेज ब्याक्टेरियाविना अस्तित्वमा रहँदैनन् ।
सरल भाषामा भन्नुपर्दा ब्याक्टेरियालाई मार्ने यी भाइरसको उपस्थिति गंगाको कुनै चमत्कारी गुण नभई बरु ब्याक्टेरियल प्रदूषणको लक्षण हो । यसबाहेक गंगाको जीवाणुरोधी विशेषता केवल ब्याक्टेरियोफेजकै कारण मात्र नभई यसको विशेष भूरासायनिक गुणमा पनि आधारित छ ।
हिमालयका ढलान र गंगा नदी तथा यसका सहायक नदीमा एक अदृश्य प्रक्रिया निरन्तर चलिरहन्छ । यसलाई पहिलोपटक नोबेल पुरस्कार विजेता ह्यारोल्ड उरीले व्याख्या गरेका थिए ।
उनले एउटा सरल लाग्ने समीकरण प्रस्तुत गरेका थिए, जहाँ कार्बनडाइअक्साइड क्याल्सियमयुक्त सिलिकेट चट्टानसँग प्रतिक्रिया गरेर चुनढुंगा बनाउँछ र सिलिकेट छुट्टिन्छ ।
यो प्रतिक्रियाले भूगर्भीय समयक्रममा पृथ्वीको तापमान नियन्त्रण गर्ने यन्त्र (प्लानेटरी थर्मोस्ट्याट)जस्तै काम गर्छ । यस प्रक्रियाले वातावरणबाट कार्बनडाइअक्साइड हटाएर समुद्रको पिँधमा थन्क्याउँछ ।
‘गहिरो स्थानमा कार्बन गाड्ने प्रक्रिया’ भनिने यस थन्क्याइले कार्बनलाई वातावरणमा पुनः फर्किनबाट रोक्छ, जसले वायुमण्डलीय कार्बनडाइअक्साइडको स्तर र विश्व तापमान वृद्धि नियन्त्रण गर्न मद्दत गर्छ ।
यो प्रक्रिया हिमालयमा सबैभन्दा स्पष्ट देखिन्छ, किनभने यसका युवा अवस्थाका र छिटो क्षयीकरण हुने चट्टानका सतहले रासायनिक क्षय (केमिकल वेदरिङ) लाई उपयुक्त वातावरण प्रदान गर्छ ।
वातावरणमा रहेको कार्बनडाइअक्साइडका कारण थोरै अम्लीय बनेको वर्षाले हिमालयका पाखा माझ्छ र चट्टानका कण गंगा नदी हुँदै अन्ततः बंगालको खाडीका गहिरा क्षेत्रमा पुग्छ ।
त्यहाँ कार्बन खनिजमा परिणत भएर दीर्घकालीन रूपमा भण्डारण हुन्छ । यो एक विशाल र सुस्त गतिमा चल्ने चक्रको हिस्सा हो, जसले करोडौँ वर्षदेखि पृथ्वीको तापमान नियन्त्रण गर्दै आएको छ ।
सिद्धान्ततः यस प्रक्रियाले जलवायुलाई स्थिर बनाउने काम गर्छ र बंगालको खाडीमा मात्र स्थलीय जैविक कार्बनको २० प्रतिशत समुद्री पिंधमा पुग्छ ।
तर, यस प्रक्रियालाई प्रदूषण, वनविनाश, अव्यवस्थित सहरीकरण र बाँधले अवरोध पार्न सक्छ । गंगाको भूपरिवेश एकदम जटिल छ । यसको रासायनिक संरचना हिमालयका चट्टान र थिग्रोद्वारा निर्धारण हुन्छ ।
उच्च पहाडमा क्याल्सियम, म्याग्निसियम र बाइकार्बोनेट बढी हुने मानिन्छ, जसले कार्बोनेट क्षयको संकेत गर्छ । तर, नदी तलतिर झर्दा सोडियम, पोटासियम र अत्यधिक बाइकार्बोनेटको मात्रा बढी हुन्छ, त्यसमाथि क्षारीय माटो एवं भूजलले सिलिकेटको क्षय गराउँछ ।
प्रत्येक नदीको माटो र थिग्रो अद्वितीय हुन्छन् र तिनले विभिन्न सिलिकेट–समृद्ध खनिजलाई समेट्छन् । यी खनिजले ब्याक्टेरियाको वृद्धि रोक्छन्, अर्थात् ती मारिन्छन् वा तिनको पुनरुत्पादन घट्छ ।
नदीको मार्गमा यसले विभिन्न सिलिकेट एकाग्रता उत्पन्न गर्छ । र, एकाग्रता जति बढी हुन्छ, ब्याक्टेरियाको गणना त्यति नै कम हुन्छ ।
सन् २०२४ को अध्ययनले गंगामा घुल्ने सिलिकन (डिएसआई) र सिलिकन आइसोटोप नदीमा जम्मा हुन्छन्, तर तिनको प्रभाव समथर र मैदानी भूमिमा घट्छ । हिमाली क्षेत्रमा केही सिलिकेट फलामको अक्साइड र कार्बोनेटसँग मात्रै जोडिएको हुन्छ ।
जब गंगा गोमतीसँग मिल्छ, त्यहाँ थप सिलिकन र अन्य पत्थर थपिन्छन् । यसक्रममा सिलिकेट एकाग्रता अधिकतम स्तरमा पुग्छ । जब मलमूत्र नदीमा मिल्काइन्छ, कृषि र उद्योग प्रदूषण बढ्छ र यी सिलिकेटसँग जोडिन्छन् । जब सिलिकेट मध्य गंगामा पुग्छन्, तब यी पूर्ण रूपमा छरिन्छन् ।
अधिकांश सिलिकेट जैविक अणु अर्थात् ब्याक्टेरिया वा मलसँग जोडिन्छ । यो स्थिति औद्योगिक कालभन्दा पहिले थिएन । सहर र उद्योगको वृद्धिसँगै गंगाको सिलिकेट क्षमता घटेको छ । यिनले कार्बनडाइअक्साइड सोस्नुको सट्टा अब मानवीय फोहोरलाई सोसिरहेको छ ।
गंगा नदी अब पहिलेझैँ आफैँलाई शुद्ध गर्न सक्दैन । यसमा रहेका सिलिकेट घटेका छन् र ब्याक्टेरियोफेज पनि मन्द हुँदै गएका छन् र मानवीय फोहोर अत्यधिक बढेको छ ।
नदीलाई पुनः स्थापित गर्नु केवल वातावरणीय संरक्षण मात्र नभई यो निरन्तर कार्बन सोस्ने इन्जिनलाई उपेक्षाबाट बचाउन पनि महत्वपूर्ण छ ।
(प्रणय लाल प्राकृतिक इतिहास विधामा कलम चलाउने बायोकेमिस्ट हुन् । हामीले यो लेख द प्रिन्टबाट साभार गरेका हौँ । लेखको सम्पूर्ण विवरण यहाँ गंगाको पानी कति शुद्ध ? क्लिक गर्न सकिन्छ । )