काठमाडौँ । पहिलो पटक पोखरादेखि चीनको सिचुवान राज्यको छेन्दुसम्म उडान सुरु भएको छ ।
मंगलबारदेखि सिचुवान एयरलाइन्सले नियमित व्यवसायीक उडान सुरु गरेको हो ।
अब चीन घुम्न जान काठमाडौँ पुग्नुपर्ने छैन । चिनियाँ पर्यटकले पनि काठमाडौँको धुलो धुँवा खानुपर्ने छैन । यो सेवाले चिनियाँ पर्यटक सोझै पोखरा अवतरण गर्न पाउनेछन् ।
छेन्दु चीनको सिचुवान राज्यको राजधानी हो । यो राज्यमा २१ लाख बढी चिनियाँहरुको बसोबास रहेको छ ।
मंगलबार नै एक सय २७ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु तर्फ सिचुवान एयरलाइन्सको विमान प्रस्थान गरिसकेको छ ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा चीनको छेन्दुबाट उक्त विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको हो ।
पोखरामा १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिका रहेको छ । नेपालस्थित चिनियाँ दूतावासले सिचुवान एयरलाइन्समा १२८ चिनियाँ पर्यटक लिएर आएको बताएको छ ।
दूतावासले भनेको छ,‘ चिनको छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो, १२८ यात्रुहरू सहित पोखरा आइपुग्यो, फेरि यसले १२७ यात्रु बोकेर गयो ।’
पोखरा अवतरण भएको जहाज मार्फत नेपालबाट १२७ बढी यात्रु लिएर छेन्दु उडिसकेका छन् । दुई देशबिच पर्यटन प्रवर्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गरेका छन् । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ ।
पोखरामा यसअघि प्रवर्धनात्मक चार्टर उडान भए पनि नियमित उडान सुरु हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ ।
यसले पोखरा घुमफिरमा आउन चाहने चिनियाँ पर्यटकले अब काठमाडौं ओर्लनुपर्ने बाध्यता हट्ने छ ।
चिनियाँ पर्यटकका लागि पोखरा नेपालको प्रमुख गन्तव्यस्थल हो । प्राकृतिक सुन्दरताका कारण चिनियाँ पर्यटक पोखरामा बस्न रुचाउँछन् ।
तेस्रो मुुलुकका पर्यटक काठमाडौँको कोलाहल छल्न पनि सोझै उपत्यका बाहिर घुम्न रुचाउँछन् । पोखराबाट छेन्दुको सोझो उडानले चिनियाँ पर्यटकलाई अब थप सुविधा प्रदान पर्यटन व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।