काठमाडौं । इन्डियाको मध्यप्रदेशको शिवपुरीमा एक हिन्दु बाबा तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याएर अनुहार र आँखा दुबै डढाइदिएका छन् ।
टाइम्सअफ इन्डियाका अनुसार मध्य प्रदेशका एक स्वयंभू तान्त्रिकले छ महिनाको शिशुलाई आगोमाथि उल्टो पारेर झुण्ड्याउँदा अनुहार र आँखा दुबै डढेको छ ।
गम्भीर अवस्थामा उनको उपचार भइरहेको र आँखाको ज्योति लगभग गुमेको अनुमान गरिँदै छ । घटना मार्च १३ गते भएको र घटनालगत्तै हिन्दु तान्त्रिक फरार रहेको समाचारमा जनाइएको छ । विरामी ठीक हुने आशामा आमाले बच्चालाई एक अनुष्ठानका लागि शिवपुरी लिएर गएकी थिईन् ।
त्यसरी बच्चालाई आगोमा झोंस्ने तान्त्रिक रघुविर धाकडविरुद्ध छानविन जारी रहेको र औपचारिक रुपमा मुद्दा दर्ता गर्न बाँकी रहेको बताइएको छ ।
६ महिने शिशुको सघन उपचारकक्ष आईसीयुमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका नेत्र रोग विशेषज्ञले स्थानीय सञ्चारमाध्यलाई बताएका छन् ।
इन्डियाका मध्यप्रदेश, उत्तर प्रदेश, झारखण्ड लगायतका क्षेत्रमा धर्मका नाममा हुने यस्ता अन्धविश्वासबाट हजारौंले ज्यान गुमाएका छन् । लाखौँ नागरिक अंगभंग भएका छन् ।
यस्ता कुरीतिको विरोध गरे उसैलाई समाजमा बस्न दिइँदैन । स्मरणहोस, इन्डियामा करोडौँ नागरिकहरु अन्धविश्वासमा जीवन विताउँछन् ।
इन्डियाका ग्रामिण तथा धार्मिक क्षेत्रका महिला, किशोरी र युवतीहरुको जीवन निकै कष्टपूर्ण रहेको छ ।
एजेन्सी