काठमाडौँ । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ ।
वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिण एसियाको सबैभन्दा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ ।
डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ । कट्टर धार्मिक समाज, अन्धविश्वास परम्परा, महिला हिंसा भएका इन्डिया र अफगानिस्तान भने निकै पुछारमा रहेका छन् । इन्डिया त यो खुसीको सूचीमा पाकिस्तान भन्दा पनि तल रहेको छ ।
इन्डिया ११८औ स्थानमा रहेको छ भने पाकिस्तान १०९औ स्थानमा छ । अफगानिस्तान १४७ औं स्थानमा रहेको छ ।
यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ ।
यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ । यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ ।
खुसी र सुखी हुने आधारमा समाजमा उत्पन्न मानिसको विचार, सोच, आधुनिकता, जीवनशैली, फराकिलो धारणा र उदार मनहरुबाट तय गरिएको हुन्छ ।
त्यसैगरि, जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना र जीवनको मुल्यांकन तथा भावनाको तुलनात्मक अध्ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।
खुशीको सूची अनुसार, विश्वका कट्टर धार्मिक समाज भएका मुलुकहरुमा नागरिकहरु दुखी छन् । जुन मुलुकमा धर्मरहित समाज छ वा धर्ममा स्वतन्त्रता छ ती मुलुकहरु खुसीको सूचीमा माथिल्लो लहरमा रहेका छन् ।
भौतिक विकास नभई घर, परिवार, समाज भयरहित, स्वतन्त्रता र सुरक्षा हुनु नै त्यो देश खुसी हुने सर्वेक्षणमा मापनको आधार बनाइएको छ ।
सबैभन्दा दुखी मुलुक–
अफगानिस्तान
इन्डिया
पाकिस्तान
सिरिया
बंगलादेश
यमन
दक्षिणी सुडान
उत्कृष्ट १० खुसी देश
१. फिनल्याण्ड
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्वीडेन
५. नेदरल्याण्डस्
६. कोस्टारिका
७. नोर्वे
८. इजरायल
९.लग्जम्बर्ग
१०. मेक्सिको
विश्वभरका देशहरुको हाँसो, आँसु, दुख, रोदन, सुखी, दुखी, सोच, विचार र समाजको बारेमा जान्न यो सबैभन्दा खुसी र दुखी देशहरु लिंकमा जानुस ।
एजेन्सी