सत्तामा सहभागी दल नै प्रदर्शनमा उत्रनुको संकेत हो, मुलुक गहिरो राजनीति संकटमा प्रवेश गरिसकेको छ ।
एमाले नेतृत्वमा अहिले नेपालमा सरकार छ । तर, यही दल सडकमा ओर्लिएको छ । एमालेले प्रदर्शनमा जाने निर्णय गरिसकेको छ ।
वामपन्थीहरुको समुह छ, समाजवादी मोर्चा । नेपालका वामपन्थीको यो विशाल मोर्चा हो । यो पनि सडक संघर्षमा जाने औपचारिक तयारीमा छ ।
व्यवस्था विरुद्धका राजतन्त्र पक्षधर पनि व्यापक आन्दोलनमा छन् । अर्थात अहिले नेपालमा सबै राजनीति शक्ति मुठभेडको तयारीमा छन् ।
यस्तै दुर्दशा बंगलादेशले गत साउनमा व्यहोरेको थियो । बंगलादेश अहिलेसम्म गहिरो संकटमा छ । हजारौं गार्मेन्ट उद्योगहरु देशबाट पलायन भइसकेका छन् ।
गत साउनमा सुरुका दिनहरुमा करीब दुई तिहाईको सरकारकै दल बंगलादेशको सडकमा ओर्लिएको थियो । त्यसपछि मात्र विपक्षीहरु सडकमा आएका थिए । अनि सुरु भयो बंगलादेशको संकट ।
बंगलादेशको सडकमा विपक्षी दलहरु, स्वतन्त्र समुह र विद्यार्थी अभियानहरु उत्रिएका थिए । हेर्दा हेर्दै प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नुपर्यो ।
प्रधानसेनापति वकर उज्जामनले केहीदिन सेनाको नियन्त्रणमा सरकार रहेको घोषणा गर्नुपरेको थियो । साउनयता अहिलेसम्म बंगलादेश खराब मात्र होइन, अर्थतन्ध तहसनहस भइसकेको छ । संभवतः आजभोलि नै बंगलादेशमा सेनाले ‘कु’ गर्नेछ । बंगलादेश चरम समस्यामा जाकिसकेको छ ।
जबसम्म यी नेताहरुले त्याग, आत्मसमर्पण, सजाय र विशाल कारवाही भोग्न तयार हुँदैनन्, तबसम्म जनताको आक्रोश रोकिनेवाला छैन । अहिलेसम्म तीव्र विकास भएका राजनीतिक दृष्यहरुले यही सावित गर्छ ।
त्यही बंगलादेशको राजनीति चरित्र नेपालमा देखिएको छ । सत्ता पक्षीय दलहरु अझै होसमा आएका छैनन् । यही चैत १२ गतेसम्मका सत्तारुढ दलका गतिविधि हेर्दा हुबहु बंगलादेशको राजनीतिसँग मेल खान्छ ।
यहीबेला जनताबीच लोकप्रिय कमाएका कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ । तन्नेरी पुस्तामाझ औधी रुचाइएका काठमाडौँका मेयर बालेन साह विरुद्ध प्रधानमन्त्री र उनको पार्टी एमाले खनिएका छन् ।
नागरिकले खान नपाउने स्थिति बनिरहेको छ । विपन्न जनता उपचार सेवाबाट बन्चित छन् । सरकारी सेवा शक्तिहिन नागरिकका लागि टाढा छ ।
सार्वजनिक यातायात र सरकारी अड्डाहरुका सेवा पुरै भताभुङ्ग छ । सबै युवाहरु बेरोजगार भइसकेका छन् । उत्पादन शून्य छ । कृषि र पर्यटन क्षेत्र खस्कँदो छ । जताततै बेथिति मात्र छ ।
जनतामा व्यापक निराशाको आगो दन्किन थालिसकेको छ । गणतन्त्र विरुद्ध जाइलाग्ने पक्षधरहरु प्रणाली नै खतम बनाउनेगरि अघि बढिरहेका छन् । गणतन्त्र पक्षधरबीचमै मारामारको अवस्था छ ।
माओवादी केन्द्रको एउटा मोर्चाले फेरि नेपाल बन्द जस्तो कडा कार्यक्रम व्यूँताउन थालेको छ । गणतन्त्र पक्षधर र राजतन्ध पक्षधर सडकमा भिड्ने तयारीमा छन् ।
संकटको आँधीबेहरी आउनुअघिका संकेतहरु देखेर सरकारमा भएका दलहरु गंभिर बनेका छैनन् । झन, उत्ताउला, गैरजिम्मेवार र कर्तव्यच्यूत गतिविधि देखाइरहेका छन् ।
मंगलबार नै प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाका अभिव्यक्ति यस्तै गैरजिम्मेवारपनमा आधारित छन् ।
यी नेताहरुमा कुनै पश्चाताप महसुस छैन । कुनै आत्मग्लानि भएको छैन । देशको यो विषम परिस्थितिमा सत्तारुढ दलहरुको गैरजिम्मेवार गतिविधिले तत्काल संकट थामिने संकेत कतैबाट देखिंदैन ।
जबसम्म यी नेताहरुले त्याग, आत्मसमर्पण, सजाय र विशाल कारवाही भोग्न तयार हुँदैनन्, तबसम्म जनताको आक्रोश रोकिनेवाला छैन । अहिलेसम्म तीव्र विकास भएका राजनीतिक दृष्यहरुले यही सावित गर्छ ।