काठमाडौँ । अहिले बजारमा सत्तारुढ दलहरुका बिचौलियाहरु व्यापारी बनेर महंगी बढाएका छन् ।
सरकार र व्यापारीसँग समन्वय गर्ने नाममा यी बिचौलियाहरुको आफ्नो व्यापार व्यवसाय पनि छ । यिनैको नियन्त्रणमा सम्पूर्ण व्यापार रहेको छ ।
बिचौलियालाई प्रधानमन्त्री, मन्त्री, सांसददेखि सरकारका शक्तिशाली व्यक्तिहरुले संरक्षण गर्दै आएका छन् ।
बिलौचियाहरुको बाहुल्य एमालेमा चौपट बढी छ ।
एमालेले सूरुदेखि नै बिलौचिया र कालाबजारीलाई संरक्षण गर्दै आएको छ ।
वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१, मदिराजन्य पेय पदार्थको ६.०७, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ र यातायातको ५.०७ प्रतिशतले बढेको बताइएको छ ।
एमालेका मन्त्रीहरुदेखि नेताहरुसम्म यी बिचौलियासँग ठुलो कनेक्सन रहेको छ ।