काठमाडौँ । आपराधिक पृष्ठभुमिका विवादास्पद व्यक्ति दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई झापाबाट आज शुक्रबार काठमाडौँ ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
बिहीबार इन्डियाको आसामबाट पक्राउ परेका र इन्डियन प्रहरीले उनलाई नेपाल प्रहरीलाई बुझाएको स्रोतले जनाएको छ । तर, नेपाल प्रहरीले भने यो विषयलाई गुपचुप नै राखेको छ ।
आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले भनेको छ,‘राज्य विरुद्ध संगठित अपराध कसुरमा फरार रहेका दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको छ ।’
प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा तीनकुने हिंसात्मक घटनामा संलग्न प्रसाईंलाई भद्रपुरबाट नियन्त्रणमा लिइएको हो ।
प्रसाईं पक्राउका बारेमा प्रहरीले भने १२ घण्टाको अन्तरालमा विज्ञप्ति जारी गरिसकेको छ । बिहीबार राती नै संचारमाध्यममा प्रसाईं पक्राउको खबर सम्प्रेक्षण भएपछि प्रहरीले त्यसको खण्डन गरेको थियो ।
इन्डियामा पक्राउ परेका प्रसाईं नेपाललाई सुम्पिन आधिकारीक दुबै देशका (सुपुर्दगी सन्धि) कानुन नभएकोले नेपाल प्रहरी चुप बसेको स्रोतले जनाएको छ । तर, प्रसाईं भने हिजो बिहीबार नै इन्डियामा पक्राउ परिसकेका थिए ।
चैत १५ गते राजधानीको तीनकुनेमा भएको प्रदर्शनमा दुईजनाको मृत्यु भएको थियो । करोडौँ सामान लुटपाट, आगजनी, सय बढी सर्वसाधारणका घर तोडफोड र विभिन्न व्यक्तिहरु माथि कुटपिट भएको थियो । यो घटनाका मुख्य कमाण्डर प्रसाईं थिए ।
साईबर अपराधदेखि संगठित अपराधसम्मका विभिन्न मुद्दामा प्रसाईं यसअघि पनि दुई पटक पक्राउ परिसकेका थिए ।
नेपालका अब्बल विवादित व्यक्तिका रुपमा दरिएका दुर्गा प्रसाईंको पृष्ठभुमि आपराधिक रहेको छ ।
पटक–पटक पक्राउ परेपनि प्रसाई राजनीतिक सोर्सफोर्स र शक्तिलाई रिझाउँदै रिहा हुँदै आएका छन् ।
प्रहरीको विज्ञप्ति–
