काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
आज शुक्रबार रवि पत्नी निकिता पौडेल, सहित अधिवक्ता नारायण कँडेल र आशिष थापाले रिट दर्ता गरेका हुन् ।
गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो ।
अब यो मुद्दा सर्बोच्चमा आइपुगेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाडेको थियो ।
तर, जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्चले लामिछानेलाई जेल चलानको आदेश दिएको थियो ।
सभापति लामिछानेमाथि भएको कानुनी प्रक्रियामा रास्वपाले सम्मान व्यक्त गरेपनि असन्तुष्ट देखाएको छ ।
रास्वपा शुभचिन्तक, समर्थक र कार्यकर्ताले राज्यले सभापति लामिछानेमाथि प्रतिशोध साँधेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
रास्वपा केन्द्रीय सचिवालयले भने सभापति लामिछानेको न्यायको लागि कानुनी निरुपणमा जाने निर्णय गरिसकेको छ ।