काठमाडौँ । इन्डियाको उत्तर प्रदेश, बिहार, मध्यप्रदेश र झारखण्डमा हुने महिला हिंसा सल्केर नेपालको सिमावर्ती क्षेत्रमा आउने क्रम तीव्र बनेको छ ।
विश्वमा महिला, केटी र छोरीलाई अत्यधिक हिंसा गर्ने इन्डियाको उत्तर प्रदेश क्षेत्रको प्रभाव क्रमशः नेपाल भित्र प्रवेश गरिरहेको अनुसन्धानमा सहभागी अधिकारीहरुले उल्लेख गरेका छन् ।
धर्म, जातजाति, लैगिंक हिंसा, सामाजिक कुरीति, अनेक चालचलन र छोराछोरीबीच हुने भेदभावले इन्डियाका ती उत्तरी क्षेत्र अत्यधिक असुरक्षित भूभाग हुन् ।
अधिकारकर्मी तथा अनुसन्धानमा सहभागी अधिकारीका अनुसार, इन्डियन मुलको अनुहार, उस्तै उस्तै पोशाक, बढी धार्मिक व्यक्ति र लैंगिक भेदभाव गर्ने तरिकाले हेर्ने पुरुषसँग संगत,बोलचाल नगर्न नेपाली युवतीहरुलाई सचेत गराएका छन् ।
बुटवलमा एक इन्डियन आपराधिक व्यक्तिले शनिबार विहान गोली प्रहारबाट नेपाली युवती घाइते भएपछि सिमावर्ती क्षेत्रमा सचेतना दिन थालिएको छ ।
गोली प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा रिफर गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, गोली प्रहारबाट घाइते भएकी बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट थप उपचारको लागि भैरहवा रेफर गरिएको हो ।
बुद्धनगरमा होटल सञ्चालन गर्दै आएकी टीकामाथि एक इन्डियन नागरिकले बिहान ९ बजेतिर गोली प्रहार गरी फरार भएका थिए।
घटनास्थल र वरपरका सिसिटिभी फुटेज हेर्दा शनिबार बिहान ९ बजेतिर इन्डियन नम्बर प्लेटको मोटरसाइकलमा आएको एक व्यक्तिले घरको ढोका खोली गोली प्रहार गरेर सोही मोटरसाइकलमा फरार भएको देखिएको प्रहरीले जनाएको छ।
खत्रीको कम्मरमाथि ढाडमा गोली लागेको छ। गोली प्रहार गरिएको पेस्तोल बरामद नभए पनि घटनास्थलमा भेटिएको गोलीको खोकाको आधारमा कटुवा पेस्तोलले गोली प्रहार गरिएको छ ।
प्रहरीका अनुसार खत्री अविवाहित हुन्। प्रहरीसँगको सामान्य कुराकानीमा घाइते युवतीले आफूलाई केही महिनादेखि सितारे आलम भन्ने इन्डियन बिहारी नागरिकले विवाह गर्न पटक–पटक दबाव दिँदै आएको र गर्न नमाने मारिदिने भन्दै धम्की दिने गरेको बताएकी छन्।
केहि दिन पहिले बिहे गर्न दबाव दिएको र नगरे गोली हानेर मारिदिने भन्दै भिडियो कलमार्फत पेस्तोल देखाएर धम्की दिएको युवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
शनिबार गोली प्रहार गरी फरार भएपछि रुपन्देहीका चारैतर्फका नाका बन्द गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही व्यक्तिले यसअघि केहि महिना पहिले पनि खत्रीलाई बुटवलमै आएर अपहरण गर्ने प्रयास गरेका थिए। त्यतिबेला बुटवलमै आएर जबरजस्ती लैजान खोजेको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार, खुल्ला सिमाना, रोटीबेटीको सम्बन्ध, मिल्दोजुल्दो धर्म र संस्कृतिका कारण नेपाल भित्र इन्डियाका विभिन्न अपराधमाका प्रवृति भित्रिएको छ ।
ती अधिकारीले भने,‘धर्म र संस्कृतिका कारण अपराधमा संलग्नलाई कारवाही गर्दा धार्मिक रंग दिएर अपराधीलाई बचाउने संस्कृतिले सिमाना क्षेत्रमा असुरक्षा बढेको छ ।’
इन्डियाको सिमावर्ती क्षेत्रको मधेस भूभाग र सिमाना जोडिएका अन्य स्थानमा इन्डियन संस्कृति प्रवेश गरेर सामाजिक विकृति, अपराध अत्यधिक प्रवेश गरेको छ ।
पछिल्लो दशकमा नेपालका ठुला शहरहरु काठमाडौँ, पोखरा, चितवन लगायतमा पनि इन्डियन मुलका मानिसहरु, त्यस्तै स्वभावका व्यक्तिहरुको दबदबा बढ्न थालेपछि अनुसन्धानमा सहभागी अधिकारीहरुले निगरानी राख्न थालेका छन् । यस्ता व्यक्तिहरु चरम धार्मिक, छोरीको स्वतन्त्रता खोस्ने, युवती देख्नै नहुने र कट्टर धर्म संस्कृतिको कुरा गर्छन् । यो प्रवृति इन्डियामा ज्यादा छ, खासगरि नेपालको सिमाना जोडिएको उत्तर प्रदेश र बिहारमा ।
इन्डियाका अधिकांश गाउँ र शहरमा छोरीलाई जर्वजस्ती विहे गर्ने प्रचलन रहेको छ । धर्मको नाममा हुने यस्ता विवाहबाट ८० प्रतिशत छोरीहरु पीडित हुने र असन्तुष्ट बनेर कष्टपूर्ण जीवनयापन गर्न बाध्य हुने विभिन्न रिपोर्टहरुमा उल्लेख छ ।
पछिल्लो पटक इन्डियाको जस्तै सामाजिक बन्धनयुक्त चलन नेपाल भित्र्याउन विभिन्न धार्मिक व्यक्तिहरु निकै सक्रिय रहेका छन् । इन्डियाको विकृति आयात रोक्न नेपालीहरु चनाखो हुनुपर्ने नेपालका अधिकारीहरुले जनाएका छन् । त्यसका लागि इन्डियन मुलका व्यक्ति, त्यस्तै अनुहारहरुसँग टाढै रहने र बोलचालै गर्न नहुने ती अधिकारीको भनाई रहेको छ ।
इन्डियाको बिहार, उत्तर प्रदेश, मध्यप्रदेश र झारखण्डमा परिवार भित्रै छोराछोरीबीच ठुलो भेदभाव छ । त्यस्तै वातावरण नेपाल भित्र प्रवेश गराएर नेपाललाई पनि इन्डियाकै जस्तो डर लाग्दो समाज बनाउन विभिन्न आपराधिक व्यक्ति, धार्मिक मानिसहरु र विकृतिजन्य संस्थाहरु सक्रिय बनिरहेका छन् ।
नेपालमा बेलाबेलामा हुने एसिड आक्रमण, गोली प्रहार, कुटपिट, दाइजो प्रथा, महिला हिंसा, युवतीको स्वतन्त्रतामाथि हस्तक्षेप, बलत्कार, छोराछोरीबीच भेदभाव र धर्मका नाममा सामाजिक संकुचन इन्डियाबाट भित्रिएका विकृति हुन् ।
कतिपय समयमा इन्डियन नागरिक नै आएर नेपालमा अपराध गर्छन् । पछिल्लो पटक बुटवलमा भएको गोली प्रहार यसैको उदाहरण हो ।