काठमाडौँ । रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ ।
भ्याटिकनस्थित होली सीले विज्ञप्ति जारी गर्दै पोपको निधन भएको जानकारी दिएको हो । उनी ८८ वर्षका थिए ।
पोपको स्थानीय समयअनुसार २१, २०२५ अप्रिल, ७ बजेर ३५ मिनेटमा भ्याटिकनस्थित कासा सान्टा मार्थामा निधन भएको भ्याटिकन न्यूजले जनाएको छ ।
यसअघि आइतबारमात्रै पोप सार्वजनिक रुपमा देखा परेका थिए । उनले ईस्टर सन्डेका दिन अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका थिए ।
सन् १९३६ मा अर्जेन्टिनाको ब्युनर्स आयर्समा जन्मेका उनी सन् २०१३ देखि रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरुका रुपमा निर्वाचित भएका थिए ।
उनी लामो समयदेखि निमोनिया र फोक्सको समस्याबाट ग्रसित थिए । हालैमात्र उनले लामो समय अस्पतालमा बिताएका थिए ।
विश्वभरका अन्य विभिन्न धर्मगुरुहरुले पोप फ्रान्सिसलाई ठुलो सम्मान गर्छन् ।
पोप शान्तिका प्रतिक हुन् । अहिले विश्वभरका संचारमाध्यमहरुले पोपको निधन, उनको विगत, सम्मानका विविध कार्यक्रमहरु प्रशारण गरिरहेका छन् ।
संसारभरका बहुसंख्यक जनसंख्या मानिसहरुका एक मात्र सर्वोच्च गुरु हुन् पोप फ्रान्सिस ।
एजेन्सी