सन् १९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि असमान र राष्ट्रिय हित विपरीत भएको भन्दै धेरै राष्ट्रवादीहरुले विरोध गर्दैआएका छन् ।
यस सन्धि ३१ जुलाई,१९५० मा नेपालको प्रधानमन्त्री मोहनशम्शेर जंग बहादुर राणा तथा नेपालको लागी भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरी अनुमोदन गरिएको थियो । यसै सन्धिका कारण नेपाल तथा भारतको बासिन्दा एक अर्का देशमा बिना राहदानी तथा भिसा आवत्-जावत् गर्दैआएका छन् ।
यस सन्धिलाई दुवै देशले पुर्ण रूपमा पालना गर्ने हो भने यसले सुगौली सन्धिलाई खारेजी गरेको छ र नेपालको सिमाना पुर्वमा टिस्टा र पश्चिममा सतलजसम्म हुने कुरालाई स्थापित गराएको छ । सन्धिको धारा ८ ले यसलाई पुष्टि गर्दछ ।
किन असमान छ १९५० को सन्धि?
सन्धी असमान भएको र यसको खारेजीको लागी धेरै पटक आवाज उठिसकेको छ ।
सन्धिको धारा ५ ले नेपाल सरकारले हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्न भारत सरकारसित सल्लाह गर्नुपर्ने भनी उल्लेख गरिएबाट नेपालको राष्ट्रिय सुरक्षाप्रतिको हस्तक्षेपलाई प्रष्ट रूपमा बुझ्न सकिन्छ ।
त्यसै गरि धारा ६ मा "भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ " भनी उल्लेख गरिएको छ भने धारा ८ मा "नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन्" उल्लेख छ ।
आज यसै धाराका कारण नेपालको व्यापार भारतीय व्यापारीको कब्जामा छ ।
सन्धिको संसोधन र खारेजीको विषयमा यसो भन्दछ्न ग्रेटर नेपाल अभियान्ता फणीन्द्र नेपाल
भारतीय उपमहाद्विपमा करिब २०० बर्षदेखी कायम रहेको बेलायती उपनिवेश सन् १९४७ जुलाई १८ मा बेलायती संसद स्वयमले पारित गरेको "भारत स्वतन्त्रता ऐन" बाट सन् १९४७ अगस्त १४ मा पाकिस्तान र अगस्त १५ मा भारतलाई स्वराज दिएर समाप्त भयो ।
त्यति बेलै सुगौली सन्धि (१८१६ मार्च ४) मा गुमेको नेपालको करिब ६० हजार वर्ग कि.मि. जमिन स्वतन्त्र भएको भए पनि तत्कालीन राणा शासकको राजनीतिक स्वार्थका कारण नेपालमा एकीकृत हुन सकेको थिएन । यसैको क्षतिपूर्ति हुने जस्तो गरि राणा प्रधानमन्त्री मोहन शम्शेरले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको दबाबमा सन् १९५० जुलाई ३१ मा नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरे ।
यही सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरेको थियो भने धारा १ ले ग्रेटर नेपाल कायम गरेको थियो ।
उक्त सन्धिको धारा १ र ८ अनुसार ग्रेटर नेपाल कायम भैसकेको हुँदा यी दुई धाराका अक्षर र भावनाको अक्षरश: पालना गरिनु पर्ने हो ।
यो क्षेत्र छाड्ने तयारीमा रहेका ब्रीटिशहरुले पटक-पटक सुगौली सन्धिमा गुमेको जमिन फिर्ता लिउ भन्दा राणाहरु कानमा तेल हालेर बसेका थिए । उनीहरु जमिन फिर्ता नलिएको आरोप खेपी रहेका थिए । "लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ दुई बल्ड्याङ" भने झै भारतीय पक्षले यस्तो सन्धिमा सहि गर्यो जसको धारा ८ ले ग्रेटर नेपालको मार्ग प्रशस्त गरिदियो यद्यपि धारा ८ हट्दैमा ग्रेटर नेपाल बन्ने संभावना समाप्त हुने चाही होइन ।
अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरलाई पनि सायद यो कुरा थाहा थिएन । चिप्लिएको चाहि भारतीय कुटनितिक वृत्त हो ।
के छ सन्धिमा? पुर्ण पाठ अंग्रेज़ीमा जस्ताको त्यस्तै:
The full text of the treaty is as follows.
TREATY OF PEACE AND FRIENDSHIP BETWEEN THE GOVERNMENT OF INDIA AND THE GOVERNMENT OF NEPAL.
SIGNED AT KATHMANDU, ON 31 JULY 1950
The Government of India and the Government of Nepal, recognising the ancient ties which have happily existed between the two countries;
Desiring still further to strengthen and develop these ties and to perpetuate peace between the two countries;
Have resolved therefore to enter into a Treaty of Peace and Friendship with each other, and have, for this purpose, appointed as their plenipotentiaries the following persons, namely,
THE GOVERNMENT OF INDIA:
His Excellency Shri Chandreshwar Prasad Narain Singh, Ambassador of India in Nepal.
THE GOVERNMENT OF NEPAL:
Maharaja Mohun Shamsher Jang Bahadur Rana, Prime Minister and Supreme Commander-in-Chief of Nepal,
who having examined each other's credentials and found them good and in due form have agreed as follows:
Article 1
There shall be everlasting peace and friendship between the Government of India and the Government of Nepal. The two Governments agree mutually to acknowledge and respect the complete sovereignty, territorial integrity and independence of each other,
Article 2
The two Governments hereby undertake to inform each other of any serious friction or misunderstanding with any neighbouring State likely to cause any breach in the friendly relations subsisting between the two Governments.
Article 3
In order to establish and maintain the relations referred to in Article 1 the two Governments agree to continue diplomatic relations with each other by means of representatives with such staff as is necessary for the due performance of their functions. The representatives and such of their staff as may be agreed upon shall enjoy such diplomatic privileges and immunities as are customarily granted by international law on a reciprocal basis : Provided that in no case shall these be less than those granted to persons of a similar status of any other State having diplomatic relations with either Government.
Article 4
The two Governments agree to appoint Consuls-General, Consuls, Vice-Consuls and other consular agents, who shall reside in towns, ports and other places in each other's territory as may be agreed to. Consuls-General, Consuls, Vice-Consuls and consular agents shall be provided with exequaturs or other valid authorization of their appointment. Such exequatur or authorization is liable to be withdrawn by the country which issued it, if considered necessary. The reasons for the withdrawal shall be indicated wherever possible. The persons mentioned above shall enjoy on a reciprocal basis all the rights, privileges, exemptions and immunities that are accorded to persons of corresponding status of any other State.
Article 5
The Government of Nepal shall be free to import, from or through the territory of India, arms, ammunition or warlike material and equipment necessary for the security of Nepal. The procedure for giving effect to this arrangement shall be worked out by the two Governments acting in consultation.
Article 6
Each Government undertakes, in token of the neighbourly friendship between India and Nepal, to give to the nationals of the other, in its territory, national treatment with regard to participation in industrial and economic development of such territory and to the grant of concessions and contracts, relating to such development.
Article 7
The Governments of India and Nepal agree to grant, on a reciprocal basis, to the nationals of one country in the territories of the other the same privileges in the matter of residence, ownership of property, participation in trade and commerce, movement and other privileges of a similar nature.
Article 8
So far as matters dealt with herein are concerned, this Treaty cancels all previous Treaties, agreements, and engagements entered into on behalf of India between the British Government and the Government of Nepal.
Article 9
This Treaty shall come into force from the date of signature by both Governments.
Article 10
This Treaty shall remain in force until it is terminated by either party by giving one year's notice.
Done in duplicate at Kathmandu this 31st day of July 1950.
१९५० को सन्धि (सन् १९५० जुलाई ३१) नेपालीमा
१ नेपाल सरकार र भारत सरकार का बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्छन् ।
२ कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।
३ कर्मचारी वर्गहरुसहित प्रतिनिधिहरुद्वरा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ ।
४ दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् ।
५ नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् ।
६ भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।
७. नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।
८ जहा यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ ।
९ हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।
१०. यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।