बीबीसी, अमेरिकाको पूर्वी तट नजिकै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण सयौंको ज्यान जानसक्ने अधिकारीले चेतावनी दिएका छन् ।
फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) का वरिष्ठ अधिकारी ब्रोक लोंगका अनुसार समुन्द्री आँधीका कारण नजिकैका इलाकामा बाढी आउन सक्छ ।
फ्लोरेन्स आँधीको गती एक सय ६५ किलोमिटर प्रतिघण्टा बताइएको छ । ब्रोक लोंगले यति तीब्र गतीको हावाका कारण खतरा अत्यधिक भएको जानकारी दिएका छन् ।
उनले भर्जिनिया र क्यारोलाइनामा इन्चमा नभई फुटसम्म पानी भरिन सकिने चेतावनी दिएका छन् ।
उनका अनुसार आँधीको गती पहिलेको तुलनामा कम भएपनि वर्षामा कुनै कमी हुने छैन ।
उनले भने, ‘समय नजिकिँदै छ, समुन्द्र छाल केही घण्टाभित्रै आउँदैछ ।’
मौसम वैज्ञानिकले फ्लोरेन्सको वास्तविक असर शुक्रबार स्थानीय समयानुसार बिहान आठ बजेको वरिपरि हुने अनुमान गरेका छन् ।
क्षतीको आशंका गर्दै उत्तरी क्यारोलाइना, दक्षिणी क्यारोलाइना र भर्जिनियाको तटीय इलाकाबाट लगभग १७ लाखलाई सुरक्षित स्थानमा पुर्याउन आदेश दिइएको छ ।
फ्लाइट अवेयर डट कमका अनुसार १४ सयबढी उडान रद्द गरिएको छ । तटीय इलाकाका धेरैजसो हवाई अड्डालाई बन्द गरिएको छ । एजेन्सी