पोखरा : राप्रपा अध्यक्ष तथा पुर्वउपप्रधानमन्त्री कमल थापा अन्तर्राष्ट्रिय आईटीएफ टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
पोखरामा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आईटीएफ टेनिस प्रतियोगितामा थापाले भारतका अरुण अग्रवाललाई ६-१ र ६-० मा पराजित गरि सेमिफाइनलमा पुगेका हुन् ।
शुरु खेलमा पनि थापाले भारतका नरहरि कडेकरलाई ६-१, ६-० को सहज सेटमा पराजित गरेका थिए ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको ४५ वर्षमाथिको एकलतर्फको खेलमा धरमबहादुर लामिछानेले विमलकुमार गुरुङलाई ५-७, ६-४, ६-२ को सेटमा पराजित गरे। अर्को खेलमा भारतका नारायण मूर्ति कोटयालाले हुमबहादुर आलेलाई ६-२, ६-२ को सेटमा पराजित गरे। सोही उमेर समूहको अर्को खेलमा विनोद कायस्थले लोक गुरुङलाई ६-१, ६-० को सहज सेटमा पराजित गरे भने अमृत कार्कीले कुलबहादुर तामाङलाई ६-४, ४-६ र रिटायर्ड हर्टमा पराजित गरे।
यस्तै अर्को खेलमा महादेव भण्डारीले विष्णुसिंह थापालाई ६-१, ६-० को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। बच्चुगोपाल वंशीले नारायणप्रसाद पहारीलाई प्रतिस्पर्धात्मक खेलमा ६-४, ७-६, ६-३ ले पराजित गरे भने प्रताप मोक्तानले धर्मराज कोइरालालाई ६-३, ६-० ले पराजित गरे। अनुजकुमार बाँस्तोलाले शिवप्रसाद सेढाईलाई ६-१, ६-० को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा पुगे।
३५ वर्षमाथिको एकलमा भारतका अनिलनाथ कल्राले नेपालका मुनेष थापालाई २-६, ६-१, ६-१ को सेटमा पराजित गरे। महेश श्रेष्ठले सीमान्त गुरुङलाई ६-०,३-६, ६-१ को सेटमा पराजित गर्दा नेपालका शीर्ष वरीयताका कमल भण्डारीले शरण गुरुङलाई ६-०, ६-२ को सोझो सेटमा नतिजा निकाले।
५५ वर्ष माथिको खेलमा समीर शेरचनलाई च्याम्बा ढुन्डुपले ६-३, ६-४ को सेटमा पराजित गरे। त्यस्तै भारतका डियोनम लामाले नेपालका वसन्त प्रधानलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गरे। सोही उमेर समूहमा प्रतियोगितामा सहभागी नेदरल्यान्डका खेलाडी फ्रेंक लाप्रेले नेपालका विष्णुप्रसाद गैह्रेलाई ६-०, ६-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। त्यस्तै कृष्णराज घलले भारतका दिगम्बर रावतलाई ६-१, ६-० को सेटमा पराजित गरेका छन् ।