राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ४, २०८१

भक्तपुरको बिन्दवासिनी मन्दिरमा दैनिक वैदिक पूजा विधि शुरु

आइतवार, २० साउन २०७५ २१:३७

भक्तपुर । भक्तपुरको बिन्दवासिनी मन्दिरमा दैनिक वैदिक पूजा विधि शुरु भएको छ ।

मन्दिर अध्यक्ष विश्वेश्वर चौलागाई अनुसार मन्दिर बिहान ४:३० देखी नै भक्तजनको आउने क्रम जारी हुन्छ। अहिलेसम्म दैनिकी पुजा र आरती हुने गर्दथ्यो र आज बडो धुमधामका साथ मन्दिरमा विशेष क्षमा पुजा रुद्री,चण्डि, हवण गरी आजदेख वैदिक विधिद्वारा दैनिक नित्य पुजा,आरति र अखण्ड हवन गर्न प्रारम्भ गरिएको छ।

भक्तपुरको विरुवामा अवस्थित बिन्दवासिनी मन्दिर निक्कै रमणीय छ। सिंहमाथी ६ फिट उचार र ४ फिट चौडाइ भएकी आठ हातकी भगवती जहाँ सम्मा पुग्न ठाडो उकालो र त्यो उकालोमा १८५ भन्दा माथी ढुंगाका सिडिहरु छन् । यिनै सिडिहरुको यात्राले मनै प्रफुल्ल बनाउने स्थानीय भक्तजनहरु बताउछ्न।

बिन्दवासिनी चमेली खैजेडी भजन समिति र संगत आश्रम लामाटारको व्यवस्थापनामा मन्दिर व्यवस्थित बनाउने कार्य सुरु भएको छ ।
संगतआश्रमका अध्यक्ष आचार्य चुडामणी पुरुष र शास्त्री राजन कुमार तिमिल्सेनाको अगुवाईमा पूजा अनुष्ठान समेत भएको छ। यो क्षेत्रमा भएका मठ मन्दिर व्यवस्थापन गर्दै संस्कृत गुरुकुल र सेवा मुलक उदेश्य राखेर गाई गोरु सबै भएको गौशाला संचालन गर्ने संगत आश्रमको उदेश्य रहेको अध्यक्ष चुडामणी बताउँछन्।

स्थानियहरु सक्रिय भएमा छिटै यी योजनाहरु संचालन हुने कुरामा उनी विश्वस्थ छन। दुध दिने गाई पाल्ने र बहर र अन्य गाई छोड्ने विकृति आएकोले महालक्ष्मी नगरपालिकाले साथ दिए सबै बाटोमा छोडेका गाई गोरु आश्रमले व्यवस्थित गरेर पाल्ने योजना बनेको कुरा राष्ट्रिय समाचारलाई सुनाऊदै बिकृत मानसिकता समाजमा व्यापक भएकोले आश्रमले योग गराएर ध्यान मार्फत युवा पिढीलाई सक्षम सबल बनाऊने गुरु योजना रहेको पनि आचार्यले बताए ।

बिन्दवासिनी चमेली खैजेडी भजनका अध्यक्ष समेत रहेका चौलागाईले यो मन्दिर हामीले लामो समयदेखि व्यवस्थापन गरिरहेको र अब धार्मिक गुरुहरु र संगतआश्रम लामाटारसँगको सहकार्यले यसको महत्व बढाउदै लाने र सनातन मुल्य मान्यता अनुसार मन्दिर संचालन गर्ने उदेश्यले पूजा लगाएर वैदिक अनुष्ठान सुरु गरेको बताए।

बिन्दवासिनी मन्दिर धेरै गोत्रको कुल देवी पनि भएकोले सर्वत्र यसको प्रसंशा र महत्व हुने स्थानीय कर्ता मुकुन्द घिमिरेले बताउछ्न ।

थप जानकारी