राष्ट्र हितमा समर्पित
बुधवार, जेठ २, २०८१

लेखापरीक्षण गर्नेहरुको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

मङ्गलवार, ९ आश्विन २०८० २२:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए/नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्। उनले महालेखा परीक्षकहरुले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताए।

लिङ्देनले हरेक वर्ष उच्च रुपमा बेरुजु बढ्नुको प्रमुख कारणसमेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको उल्लेख गरे। बेरुजुको आधा हिस्साभन्दा बढी देशको अर्थतन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत हुने कारण देशको ऐन कानुन वा नेतृत्व बारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रष्ट हुन आवश्यक रहेको उनको भनाइ थियो।

थप जानकारी