राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

प्रधानमन्त्रीज्यू, स्थिति तपाईंले भनेजस्ताे छैन, माथिदेखि तलसम्म भ्रष्टाचार मात्रै छः लिङ्देन

बुधवार, २८ जेठ २०७७ २१:०७

काठमाडौं । राप्रपा  सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा नियन्त्रण भएकाे छ भन्ने कुरामा कुनै सत्यता नरहेकाे बताएका छन् ।

प्रतिनिधिसभाकाे बुधवारकाे बैठकमा प्रधानमन्त्रीओलीले आफू मातहतका कार्यालयका सम्बन्धमा उठेका प्रश्नकाे जवाफ दिएपछि पूरक प्रश्न गर्दै सांसद लिङ्देनले माथिदेखि तल्लाेतहसम्म भ्रष्टाचार रहेकाे बताए ।

उनले पछिल्लाे समय काेराेना नियन्त्रणका समयमा पनि भ्रष्टाचार रअनियमितताका घट्ना बाहिर आइरहेकाे भन्दै सरकारले भनेजस्ताे अवस्था नरहेकाे बताए ।

केही भएन भन्ने पक्षमा आफू नरहेकाे भन्दै भने,’केही भएन भनेर त म भन्दिन तर काेराेना  नियन्त्रणका सम्बन्धमा सरकारले जे गरिरहेकाे छ र प्रधानमन्त्रीले जे बुझ्नुभएकाे छ त्याे सत्य छैन ।’

स्वास्थ्य मन्त्रालयले काेराेना संक्रमितहरुलाई पुनः परीक्षण नगरी घर पठाउनु भन्ने निर्णयले संक्रमणकाे जाेखिम बढेकाे भन्दै यस्ताे लापरवाही किन भइरहेकाे छ भन्दै  प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

‘स्वास्थ्य मन्त्रालयकाे निर्देशन भन्दै मेराे निर्वाचन क्षेत्र कचनकवलका ३० जना काेराेना संक्रमितलाई रिटेस्ट नगरी घर फर्काउन लागिएकाे थियाे  । हामीले हुँदैन भनेपछि फेरि परीक्षण भयाे र उनीहरु मध्ये ५ जनामा फेरि संक्रमण देखियाे । यस्ताे लापरवाही भइरहेकाे छ?’

थप जानकारी