राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख १४, २०८१

कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज

आइतवार, ९ कार्तिक २०७७ १८:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री कमल थापा आज चाबहिल स्थित ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भए पश्चात गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भए पछि अस्पतालले उहाँलाई आज डिस्चार्ज गरेको हो ।

गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि काेराेना परिक्षण गर्दा उहाँमा “COVID-19” पाेजिटिभ देखिएकाे थियाे। उहाँलाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालकाे सघन उपचार कक्ष (ICU) मा राखेर उपचार गरिएको थियो ।

डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक,नर्स सहित सबै स्वास्थकर्मी, अस्पताल संचालक र अस्पताल ब्यबस्थापन समिती कर्मचारी सबैमा धन्यवाद ब्यक्त गरेका छन् । थापाको उपचारमा यस अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ काेईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनाेलाेजिस्ट डा. सुबाेध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्कि लगायतकाे डाक्टर र नर्सहरुकाे टिम संलग्न रहेकाे थियो।

थप जानकारी