राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाद्वारा २० सदस्यीय कार्यसम्पादन समिति गठन

सोमवार, १४ चैत्र २०७८ १३:३०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो । पार्टी विधान वमोजिम सोमबार अध्यक्ष लिङ्देनले कार्यसम्पादन समिति गठन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यसम्पादन समितिमा उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी छन् ।

यस्तै महामन्त्रीहरू डा. धवल शमशेर राणा, भुवन पाठक, कुन्ती कुमारी शाही, राजेन्द्र गुरुङ, प्रल्हाद साह पनि कार्यसम्पादन समितिमा परेका छन् । यस्तै सदस्य दीपक बोहोरा, नवराज सुवेदीलगायत सदस्यहरु केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत भएका छन् ।

थप जानकारी